३० आश्विन २०८३, शुक्रबार

बिहेको कार्ड हातमा आउँदा …

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nirajan Pariyarउच्च शिक्षा हासिल गर्ने उद्देश्यका साथ गाउँबाट शहर पसियो । नयाँ ठाउँ नयाँ परिवेश सँगै सबै कुरा बेल्कुलै नयाँ र फरक थियो मेरो लागि । कलेज आउने जाने र साथीभाईसँग चिनजान हुने क्रम पनि निरन्तर चल्दै गयो । एकाएक कलेजमा म बिनितालाई असाध्यै मन पराउन थालें । कुरा केही समय अघिको हो । समयको गति बिस्तारै घर्किंदै थियो । बिनिताले पनि तिमीलाई माया गर्छे भनेर कलेजमा साथीहरुले भनेपछि त्यो दिन मलाई सबैभन्दा बढी आनन्ददायी लाग्न थाल्यो । बिनिता कलेजमा सबैभन्दा राम्री थिई । लाग्थ्यो उ बराबर कोही छैन । उसका हरेक कुरा र मौनताले मेरो मन रबर जस्तै तन्काई सकेको थियो । बिनितालाई माया गर्छु भन्ने आँट आउँथ्यो तर भन्न डराउथें । हुन त जहाँ सच्चा प्रेम हुन्छ त्यहाँ प्रस्ताव राख्न पनि गाह्रो हुन्छ भन्थे ।

हामीहरुको कुराकानी निकै बाक्लिन थालिसकेको थियो । बिनिताको घर र मेरो बस्ने कोठा नजिक भएपछि हामी कलेज आउने जाने र बजारमा पनि सामान किन्नदेखि अन्य कुरामा सँगै हुन् थालेपछि मनमा ऊप्रतिको मायाले डेरा जमाई सकेको थियो । उसका प्रत्येक कुराको नसा लाग्न थालिसकेको थियो । अब कसरी उसलाई आफ्नो भावना ब्यक्त गरुँ भन्ने भइरहेको थियो । जताततै उसलाई नै देख्न थालिसकेको थिए । यो माया बस्न न कुनै उमेर चाहिने रहेछ, न समय पत्तो नभै हुँदो रैछ प्रेम । बिनिताले के सोच्छे होला मनमा यस्तै कुरा खेलिरहन्थ्यो ।

मेरो ध्यान पढाईभन्दा बिनितालाई कसरी प्रेम प्रस्ताव गर्ने भन्ने तिर मात्रै जान थाल्यो । कसरी भनौं मेरो मनको कुरा उसलाई । ऊ पनि त के सोच्छे होला त्यसमा पनि मेरो सबैभन्दा नजिकको साथी बिनिता नै थिई । उसलाई प्रेम प्रस्ताव राख्दा अस्वीकार गरे कतै हाम्रो मित्रताको सम्बन्ध नै टुट्छ होला भन्ने डर लागिरहन्थ्यो ।

केही दिनपछि मेरो साथी आशिषले भन्यो कि त्यो सुनेर मेरो खुसिको सिमा नै हरायो । ‘उसले तिमीलाई मन पराउँछे’ भोकाएको मान्छेलाई खिर पाएको जस्तो । अब म उसलाई भेटेर उसकै सामु उभिएर उसैको मुखबाट सुन्न चाहन्थें, उसले मलाई माया गर्छे भन्ने कुरा ।

तिमी र म कहाँ मिल्न सक्छौं र ? समाज स्वार्थी छ, व्यक्ति स्वार्थी छन् । त्यही स्वार्थी समाजमा हुर्र्र्किएकी तिमी कहाँ अछुत रहन सक्छ्यौ र । चाहेको सबै चिज पाउनुपर्छ भन्ने पनि त केही छैन होईन र ?

बिनिताको घरमा दिदीभाई मात्र बस्थे । आमा–बा काम विशेषले घरभन्दा टाढा बस्थे । एक दिन साँझतिरको कुरा हो, म कोठामा खाना पकाउने तयारी गर्दै गर्दा मेरो मोवाइलमा बिनिताले फोन आयो । मेरो खुसीको सिमा नै रहेन । त्यसमा मैले पहिलो पटक मन पराएको मान्छेको फोन आउँदा खुसी हुनु स्वभाविकै थियो । मैले हतार हतार फोन उठाएँ । उताबाट बिनिताको आवाज आयो । के गर्दै हुनुहुन्छ ? मैले ‘तिमीलाई मिस गर्दै बसेको छु’ भन्ने जवाफ फर्काएँ । उसले पनि मिस गर्दै बसेको कुरा सुनाई । मैले भने कहिले फोन नगर्ने मान्छे आज के कति कामले सम्झ्यौ भनेर सोधेपछि उसले आज भाई मामा घर गएको छ । घरमा एक्लै भएकाले निकै डर लागिरहेको छ । त्यही भएर सम्झेको भन्ने जवाफ आयो । कुरा निकै अगाडि बढ्यो । लगभग हाम्रो २५ मिनेट फोनमा गफ भयो । मैले म आउँछु तिम्रो घर भनेपछि बिनिताले पनि हुन्छ मैले खास त्यही भन्न फोन गरेको तर भन्न नसकेको कुरा सुनाएपछि उसको घर जाने निर्णय गरें ।

कतै कसैले देख्छकीे भन्ने डर पनि लागिरह्यो । तर पनि मनलाई हलुको पारेर गएँ । मेरो कोठाबाट उसको घर पुग्न लगभग १० मिनेटको बाटोमा हिँड्नुपर्ने थियो । एकातिर डरले मेरो मुटु धड्कीरहेको थियो भने अर्कोतिर खुसीले मन गद्गद् भएको थियो । एकछिन्पछि उसको घर पुगें । बिनिता र मबीच लामो संवाद भयो । हामीबीच रातभरी मायाप्रेमसम्बन्धी वार्तालाप भयो । लाग्यो हामी निकै मायामा परे जस्तो महसुस भयो ।

यो रात चौगुना लामो भइदिएको भए हुन्थ्यो भन्ने कुरा सुनाई रहँदा बिनिताले पनि मेरो कुरामा साथ दिँदै भनी– ‘हामी दुवै जे–जे कुरा सोचिरहेका छौं एउटै कुरा सोचिरहेका छौं ।’ भन्दै बिनिताले ‘आई लभ यू म हजुरलाई आफूभन्दा पनि बढी माया गर्छु, म हजुर बिना एकछिन् पनि सोच्न नसक्ने भएकी छु ।’

रात छिपिँदै थियो । बिनितालाई माया गर्छु भन्न मन लाग्थ्यो । एकातिर माया त महसुस गर्ने कुरा न हो जस्तो लाग्थ्यो । जब त्यो रात म उसको आखाँमा हेर्थें उसका आँखाले मसँग कुरा गरेको जस्तो लाग्थ्यो र म उसको ओठमा हेर्थें । ओठहरु सल्बलाई रहेका थिए । लाग्थ्यो बिनिताले मलाई केही भन्न खोजे जस्तो छ । नजिकै बलिरहेको मैनबत्ती आफु पग्लँदै हाम्रो मायालाई झन् गाढा बनाउँदै थियो । मेरो मनमा एक्कासी ओशोको भनाई याद आयो र यो कुरा मैले बिनितालाई सुनाउने कोसिस गरें । ओशोले भनेका थिए– जब कुनै सत्रु रातिको बेला घरमा आएर बस्छ त्यो रात निकै लामो भएको महसुस हुन्छ भने बिहान कति खेर होला जस्तो लाग्छ । तर एउटा प्रेमीका अर्थात् आफूले माया गर्ने मान्छे एक रात घरमा आएर बस्यो भने त्यो रात चौगुना लामो भइदिएको भए हुन्थ्यो जस्तो लाग्छ रे । सायद मलाई पनि त्यस्तै महसुस हुँदै थियो । यो रात चौगुना लामो भइदिएको भए हुन्थ्यो भन्ने कुरा सुनाई रहँदा बिनिताले पनि मेरो कुरामा साथ दिँदै भनी– ‘हामी दुवै जे–जे कुरा सोचिरहेका छौं एउटै कुरा सोचिरहेका छौं ।’ भन्दै बिनिताले ‘आई लभ यू म हजुरलाई आफूभन्दा पनि बढी माया गर्छु, म हजुर बिना एकछिन् पनि सोच्न नसक्ने भएकी छु ।’

बिनिताले यो भनेपछि मभित्र छुट्टै खुसीको अनुभुति भयो । म यही शब्दको प्रतिक्षामा थिएँ । मैले पनि बिनितालाई अथाहा माया गर्ने कुरा सुनाएँ । त्यसपछिका दिनमा हाम्रो प्रेम जोडी देखेर कजेलमा साथीहरुले खुब जिस्क्याउँथे । हामी दुई एउटै कक्षामा पढ्ने भएपछि दुबै जना कलेज जाने आउने सँगसँगै गथ्र्यौं । म कलेज नगएमा उ पनि नजाने गर्न लागि । अनि उ कलेज नगए म पनि नजान थालें ।

बिनिता कलेज नजाँदा कलेज नै सुनसान लाग्थ्यो । ऊसँगै हुँदा समय छिटो बिते जस्तो लाग्थ्यो भने ऊसँग नहुँदा समय सबै भन्दा लामो भएको महसुस हुन्थ्यो । यसरी नै हाम्रो दैनिकी चल्दै अघि बढिरहेको थियो । लाग्थ्यो ऊ बाहेक यो शहरमा अरु कोही केटी छैनन् । हुन पनि हो ऊप्रति मेरो सच्चा, चोखो र पबित्र माया जागिसकेको थियो । हाम्रो मायाप्रेमका बारेमा उसको घरमा पनि सुईको पुगिसकेको थियो । त्यसपछिका दिनमा उसको घरमा जाने आउने क्रम बाक्लिँदै गयो ।

एक्कासि काम विशेषले म घर जानुपर्ने उ पनि बाबाआमालाई भेट्न टाढा जानुपर्ने भएपछि हामी केही महिनाका लागि छुट्नुपर्ने स्थिति आयो । समय सधैं आफनो बसमा कहाँ हुन्छ र । त्यो दुई महिनाको बसाई पनि निकै गाह्रो भयो । हामी दुईबीच छुट्टिएदेखि फोन सम्पर्क पनि भएन ।

म आफ्नो दुई महिनाको बसाई सकाएर धनगढी फर्किएँ । बिनिता पनि धनगढी पुगेको साथीसंगीबाट खबर पाएँ । उसले आफ्नो फोन नम्बर नै परिवर्तन गरिसकेकी रैछ । तर म ऊसँग भेट हुन्छ भनेर एकदमै खुसी थिएँ ।

बिहेको मौसम चलिरहेको थियो । म धनगढी पुगेको तेस्रो दिन मात्र भएको थियो । धनगढी पुगी सके पनि मेरो बिनितासँग भेट भएको थिएन । तर ऊसँग चाँडो भेट गरेर मनमा दुई महिनासम्म गुम्सिएका हरेक कुरा भन्न आतुर थिएँ । म पाँचौ दिनमा बिनितालाई भेट गर्नकै लागि उसको घर जाने योजनामा आफूलाई तयार पारेको थिएँ ।

चौथो दिनको साँझ तिर एक जना अपरिचित ब्यक्तिले कोठाको ढोका ढक्ढक् गरेको आवाज आयो । मैले ढोका खोलें । उसले मेरो हातमा बिनिता दिदीको बिहेको कार्ड भन्दै मेरो हातमा थमायो । म एकछिन् बिनिताको नाम देख्ने बित्तिकै आत्तिएँ, मेरो बोल्ने शक्ति नै हरायो । त्यो समयमा मलाई के–के भयो आफूलाई नै थाहा भएन । बिहेको कार्डमा लेखिएको थियो– ‘शुभविवाह बिनिता परिणय दिनेश’ । जो नाम थियो बिनिताले कहिले काहीँ आफ्नो साथी हो भन्दै लिने गरेको नाम थियो । मैले आफूलाई सम्माल्ने प्रयास गरें । लाग्थ्यो एक मनले यो कुनै पनि हालतमा सत्य होईन् । जो आफू अहिलेसम्म विश्वास गरेको र गर्दै आएको साथीले यस्तो गर्न सक्दैन् जस्तो लाग्थ्यो । तर अर्को मनले भने सही नमानौं पनि कसरी जो आफ्नो हातमा नै बिनिताको बिहेको कार्ड नै आईपुगेको छ भन्थ्यो । त्यसमा पनि दुई महिना लामो समयसँग आफूबाट सम्पर्कबिहीन भएर बस्नुको कारण यही पो रहेछ जस्तो लाग्न थाल्यो ।

एकछिन् त उसको घर नै जान्छु नै भनेर कोठाबाट निस्कें । तर भोलिपल्ट उसको बिहेको दिन थियो । जुन मंसिर महिनाको २२ गतेको दिन हो । फेरि मनलाई शान्त पार्दै नजाने भन्दै फर्किएँ । उसको घर गएर के नै गर्नु छ र । जे नहुनु थियो त्यो नै भइसकेपछि गएर के काम जस्तो लाग्यो । त्यो दिन त्यो रात मेरो लागि कारागारभित्र बिताएको अनुभव भयो । भोलिपल्ट उसको बिहेको दिन जाने कि नजाने भनेर निकै लामो समयसम्म म फसादमा परें । मेरो सबैभन्दा नजिकको साथी आशिषसँग उसको बिहेको कुरा सुनाएँ । उसले पनि नजान नै सुझाव दियो । मैले माया गर्ने मान्छे उ भए पनि उसले माया गर्ने भए एक कल फोन सम्र्पक गरेर बिहे गर्दै छु भनेर भन्नु त पर्ने । यस्तै यस्तै कुरा मनमा खेल्न थाले । जे होस् म उनको विवाहमा नजाने नै भएँ ।

विस्तारै विस्तारै मेरा दिन सम्झौतामा बित्दै थिए । बिनिताले बिहे गर्नाको कारण बुझ्दै जाँदा दिनेश धनी बाआमाको छोरा भएकाले उसैसँग बिहे गरेको खबर पाएँ । जे होस् प्रेम र बिवाह नितान्त फरक कुरा हो लाग्यो ।

बस, एउटै कुरा दुख्दो रहेछ– मुटु । बिछोडले रेट्दा जति कहाँ दुख्छ र खुकुरीले रेट्दा ।

तिमी र म कहाँ मिल्न सक्छौं र ? समाज स्वार्थी छ, व्यक्ति स्वार्थी छन् । त्यही स्वार्थी समाजमा हुर्र्र्किएकी तिमी कहाँ अछुत रहन सक्छ्यौ र । चाहेको सबै चिज पाउनुपर्छ भन्ने पनि त केही छैन होईन र ?

तिमी भन्दै थियौ, जिन्दगीमा एउटा बाटो बिराए पनि अरु बाटाहरु आउँछन् तर जीवनको त्यो नै मेरो अन्तिम बाटो थियो । अब जिन्दगीमा त्यस्ता बाटाहरु कहिले आउँदैन । आए पनि त्यसको कुनै औचित्य हुने छैन । समयले पनि कतिन्जेल बिताउन लगाउँछ बिताईदिउँला । कति चोट दिन्छ सही दिउँला । तर तिमीले बनेको घरलाई राम्रोसँग सम्हाल्नु, जिन्दगीका बाँकी रहरहरु पनि पुरा गर्र्नेे प्रयास गर्नु । पारिवारिक भएपछि जिम्मेवारी पनि थपिएला, त्यसैले विगतका कुरा सम्झेर वर्तमानलाई धमिलो नपार्नु, तिम्रो सधैं उन्नति र प्रगतिको कामना । खै समयले कत्तिको साथ दिन्छ, तिम्रो खुसी हेर्न बाँकी नै छ ।