भोजपुर, ५ वैशाख । भोजपुरबाट धरानतर्फ गइरहेको एउटा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।
ना ४ ख ४५७८ नम्बरको सप्तकोसी यातायातको बस भोजपुर सदरमुकामदेखि ६० किलोमिटर पूर्व हिले–भोजपुर सडकको लेगुवा नजिकैको जरायोटार गाविस–६ भर्लाबोटेमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकामध्ये ९ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ६० जना यात्रु चढेको बस दुर्घटनामा परेको हो ।
घुम्तिमा टर्निङ गर्ने क्रममा बस पल्टिएको हो । दुर्घटनामा गम्भीर घाइतेहरुलाई प्रहरी र स्थानीयबासिन्दाले उद्दार गरी उपचारका लागि धरान लगेका छन् । बसका चालक गणेश भण्डारी सामान्य घाइते भएका छन् । उनलाई जरायोटारस्थित प्रहरी चौकीमा राखिएको छ ।












प्रतिक्रिया