लन्डन, ५ वैशाख । गेटाफेलाई हराउँदै रियल मड्रिड ला लिगा फुटबलको दोस्रो स्थामा उक्लिएको छ ।
ला लिगा फुटबलको शनिबार राति भएको खेलमा गेटाफेलाई ५–१ गोल अन्तरले पराजित गर्दै रियल लिग तालिकाको दोस्रो स्थानमा समेत उक्लिएको हो ।
जितसँगै रियलले शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको अंक दूरी एकमा झारेको छ ।
खेलको २९ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाए । यस्तै खेलको ४० औं मिनेटमा इस्कोले गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।
पहिलो हाफमा २–० ले अग्रता लिएको रियल मड्रिडले दोस्रो हाफमा थप चार गोल गरेको थियो ।
खेलको ५० औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै टोलीलाई ३–० को अग्रता दिलाए ।
यस्तै ८३ औं मिनेटमा गेटाफेका पाल्बो साराबियाले गोल गर्दै रियलको अग्रता ३–१ म झारे । तर ८८ औँ मिनेटमा जेम्स रोड्रिग्वेजले गोल गर्दै रियलको अग्रता ४–१ मा पुगाएका थिए ।
यस्तै इन्जुरी समयमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै रियल मड्रिडलाई ५–१ को जित दिलाए ।
जितपछि रियल मड्रिड ३३ खेलबाट ७५ अंकका साथ लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
शीर्ष स्थानमा रहेको बार्सिलोनाको ३२ खेलबाट ७६ अंक छ भने तेस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको ३२ खेलबाट ७३ अंक छ । एजेन्सी















प्रतिक्रिया