त्रिलोचन कोइराला
युएइ । युएइमा नेपालीहरुको व्यापार व्यवसायमा थप एक व्यवसायिक फर्म स्थापना भएको छ । हिमालयन इलेक्ट्रोनिक्स ट्रेडिङको नाममा नेपाली व्यवसायी गोपी भुसालले फर्म संचालनमा ल्याउनु भएको हो ।
नेपाल बिजनेश काउन्सिल दुबईका सदस्य समेत रहनुभएका भुसालले दुबईमा कम्प्युटर, स्मार्ट फोनलगायतका इलेक्ट्रोनिक्स समान बिक्री तथा मर्मत सुबिधा भएको फर्म संचालनमा ल्याउनु भएको हो ।
फमलाई १ अगस्त २०१४ मा एक औपचारिक कार्यक्रमका बीच नेपाल बिजनेश काउन्सील दुबईका सचिव दिपकराज पौडेलले रिबन काटेर विधिवत उदघाटन गर्नुभएको थियो ।
उद्घाटनपछि उहाँले युएइमा नेपालीहरुको बाक्लो उपस्थितिसँगै नेपालीहरुको व्यापार संचालन बाड्नु अनिवार्य रहेको बताउनु भयो । उहाँले व्यापार व्यवसायमा आउँन चाहनेलाई नेपाल बिजनेश काउन्सील दुबईले सकेको सहयोग गर्ने पनि बताउँनु भयो ।
हिमालयन इलेक्ट्रोनिक्स ट्रेडिङको व्यवसायिक सफलताको शुभकामना दिने सबैलाई प्रबन्ध निर्देशक गोपी भुसालले टिका लगाएर धन्यवाद दिनुभएको थियो । यसअघि भुसालले सपना गोबल ट्रेडिङ संचालन गर्दै आउनु भएको थियो ।














प्रतिक्रिया