२५ कार्तिक २०८३, बुधबार

राष्ट्रिय सहमतिका नाममा सरकारको आयू लम्बाइँदै : कांग्रेस नेता लेखक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramesh lekhakकाठमाडौं, ५ वैशाख । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता रमेश लेखकले सरकारको आयू लम्बाउन ‘राष्ट्रिय सहमतिको सरकार’का कुरा बाहिर ल्याइएको आरोप लगाउनुभएको छ ।

नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै कांग्रेस नेता लेखकले सहमतिका नाममा सरकारको आयू बढाउने खेल सुरू भएको टिप्पणी गर्नुभयो । ‘कांग्रेस यो सरकारमा जाँदैन भन्ने जगजाहेर हुँदाहुँदै किन सरकारमा आउ भनेर बोलाइन्छ ?’, उहाँले भन्नुभयो, ‘यो भनेको राष्ट्रिय सहमतिको सरकारका नाममा वर्तमान सरकारको आयू बढाउने खेल मात्रै हो ।’

कांग्रेस नेता लेखकले बर्तमान सरकारमा सहभागी हुने सम्भावना एक प्रतिशत पनि नरहेको बताउनुभयो । ‘यो सरकारमा जाने कुनै सैद्धान्तिक विषय नै छैन’, उहाँले भन्नुभयो, ‘बरु यो सरकार कांग्रेसले ढाल्नु पर्दैन, आफै ढल्छ, त्यसपछि कांग्रेसले सरकार बनाउँछ ।’

सरकारले जनताका लागि काम गर्न नसकेको आरोप लगाउनुभएका नेता लेखकले भन्नुभयो, ‘छिटोभन्दा छिटो संसद बोलाउन हामीले दबाब दिइरहेका छौँ । तर, सरकारले संसद बोलाउनै चाहँदैन ।’ संसदको बैठक बोलाउँदा चारैतिरबाट घेराबन्दीमा पर्ने डरले सरकारले बैठक आह्वान नगरेको उनको भनाइ छ ।