३० आश्विन २०८३, शुक्रबार

समाचारमा युवा संघको नाम जोडिएकोमा आपत्ति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

youth-force-logoयूएई । सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको नाम मानव बेचविखन जस्तो सम्वेदनशील विषयसँग जोडिएको भन्दै आपत्ति जनाइएको छ ।

आयोजक समिम खानले शनिबार विज्ञप्ति जारी गरी सार्वजनिक कार्यक्रममा संगठनको नाम जोडेर समाचारलाई अतिरञ्जित नबनाउन अपिल गरेका छन् ।

पढ्नुस् विज्ञप्ति जस्ताको तेस्तैः

समाचारलाई अतिरञ्जित नबनाई दिनुहुन हार्दिक अपिल

अनलाईन खबर पत्रीका र रातो पाटी अनलाईन खबरमा आएको “ एमाले युबा संघका नाममा युएई मा मानब तस्करि“ र “राजदुतलाई धम्की “ श्रीषर्कमा आएको समाचार पढ्दा फेरी एकपटक पित पत्रकारिताको उदाङ्गो तस्बिर बाहिर आएको छ।

समाचारमा भनिएको जस्तो यदी महामहिम धनञ्जय झा ज्युलाई धम्की दिएको भए के महमहिम ज्युले कुनै कारबाहीको प्रकृया अघाडी बढाउन सक्नु हुन्न थियो र ? माहमहिम ज्यु को सेवा निबृत्त भए लगत्तै आएको यो समाचार पुरै सत्यहिन र सरासर झुट भएको समेत जानकारी गराउँदछु। केहि राजनितिक खोल ओढेका पत्रकार भनिने पत्रुकारहरुले प्रलोभन कसैको जालझेल र बिकाउ शैलिमा लेखेको समाचारको सत्य तथ्यतालाई बुझेर मात्र समाचार प्रकाशित गरिदिनु हुन समेत निज सम्बन्धित समाचार एजेन्सिलाई अनुरोध गर्दछु। यता युएई मा रहेको गैर आबसिय नेपाली संघले समेत हचुवाको भरमा आएका समाचारहरु र हल्ला हरुलाई समेत हस्तेमा हैंसे गरेको देख्दा झन अचम्मित बनाएको छ। म आफुसगैँ हामी करिब ५० जना साथिहरु समेत यो गरिमामय एन आर एन को सदस्यमा आबद्द छौ । नेपालिहरुका लागी साथ सहयोग गर्ने यो संस्था युएईमा भने राजनैतिक हालिमुलिको उदाहण बनेको देख्दा दुख लागेको छ। यु ए ई मा रहेको यो संघका केहि उच्च ब्यक्तिहरुनै हुण्डी , म्यानपावर दलाली र पित पत्रकारिता गर्ने गराउने देख्दा पनि स्वतन्त्र सामाजिक संस्था प्रतिको बिश्वासमा समेत कमी आएको छ । एन आर एन जस्तो बिसुद्द सामाजिक सस्थाले यस्तो राजनैतिक खोल ओढ्नु नहुने र एन आर एन आईसिसि ले पनि यस्ता क्रीयाकलापको छानबिन गरी सुदृढिकरण गरी एनआरएन लाई बिशुद्द स्वतन्त्र सामाजिक संस्थाको रुपमा अघाडी लैजानु पर्ने समेत महसुस गरेको छु। समाचारमा पटक पटक बिबिध आरोप प्रत्यारोपहरु मलाई लगाउदै आए पनि अझै सम्म कोही र कुनै पनि संस्था सत्य तथ्यको पछाडी हामिलाई सोध्न आएको छैनन। जहिले र जतिखेर पनि अत्यन्तै कपोकल्पित र मनोमनी तबरले नै समाचार एकोहोरोरुपमा आईरह्यो। कहिले मनाब तस्कर , कहिले दुताबासलाई २ लाख २० हजार बुझाएको , कहिले के कहिले के भन्दै केबल एक पक्षिय रुपमा मात्र समाचार आउनुले समाचारको बिश्वसनियता प्रतिनै उल्टो प्रश्नबाचक खडा गरेको छ । त्यसैले बरिष्ठ पत्रकार ज्युहरुलाई खबरलाई अतिरञ्जित नगराई दिनु हुन हार्दिक अनुरोध गर्दछु। पिडित भनिएका महिलाहरु कार्यक्रमको लागी आएको भिषाबाट युएई छोडेर गहिसकेको सबैमा जानकारी गराउन चाहन्छु साथै एक्जिट भएर फेरी दुबईमा जागिर खोजिरहेका तथा केहिले पाइसकेका र एन आर एन सहित युएईमा रहेका आफुलाई समाजसेवी भन्दै हप्ता उठाउने डनहरुले नै संरक्षणमा राखेर पैसा फिर्ता गराइदिने आश्वासन दिदै मानब तस्करीको नाममा राजनीतिकरण गरेको र कुनै ब्यक्ति बिशेषको आफ्नो पुरानो दुस्मनी निकाल्न एन आर एन ए युएईको साथ लिएको हुनाले उनीहरु संग मेरो कुनै लेन देन पनि नभएको यसै बिज्ञप्ति मार्फत पुन जानकारी गराउन चाहन्छु, यदि पैसा दियर आएको हो भने कसलाई किन र कति रकम दिहिएको हो हामीले सोच्छ भावानाले गरेको कार्यक्रम मार्फत सरोकार व्यक्ति संग फिर्ता माग्न अनुरोध गर्दै हामीले गर्नु पर्ने सहयोग गर्ने तयार भएको जानकारी गराउछु।

समिम खान ।