२८ आश्विन २०८३, बुधबार

कैलालीका रेफ्री र क्लबहरूमाथि कारबाही

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kailaliधनगढी । कैलालीमा फुटबल प्रतियोगिता सञ्चालनका क्रममा अभद्र व्यवहार गरेको भन्दै कैलालीका दुईवटा क्लब र एकजना रेफ्रीलाई जिल्ला फुटबल सङ्घले कारबाही गरेको छ ।
सङ्घको बैठकले हालै सम्पन्न जिल्लास्तरीय रेडबुल प्रतियोगिता–२०७० सञ्चालनको क्रममा गालीगलौज गरी अभद्र व्यवहार गरेको ठहर गर्दै रेफ्री दीपेन्द्र खड्कालाई जिल्लास्तरीय प्रतियोगिताको एक खेल खेलाउन प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

त्यस्तै प्रतियोगिताकै क्रममा दुव्र्यवहार र अभद्र व्यवहार गरेकाले बोराडाँडी युवा क्लब धनगढीलाई १५ हजार जरिवाना गर्ने निर्णयसमेत गरिएको जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रकाश विष्टले बताए ।

कैलालीको सुख्खडमा रहेको घोडाघोडी युवा क्लबलाई पनि एक वर्षसम्म अखिल नेपाल फुटबल सङ्घले आयोजना गर्ने कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी प्रतिबन्ध लगाइएको विष्टले जानकारी दिए ।

सङ्घको शनिबार बसेको बैठकले कैलाली जिल्लामा फुटबलको विकासका लागि अगामी नीति तथा कार्यदिशासमेत तय गरेको छ । बैठकले अन्डर–१४, १६, १८ का लागि खेलाडीहरूको प्रशिक्षण सुरु गराउने र राष्ट्रिय लिग आयोजना गर्नका लागि पनि तयारी सुरु गर्ने निर्णयसमेत गरेको जनाइएको छ ।