काठमाडौं, ४ वैशाख । विश्व क्रिकेट लिग च्याम्पियनसीपअन्तर्गत नामिबियाविरुद्ध नेपालले पहिलो जित हात पारेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियालाई हराउन नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरे । त्यसक्रममा शरद भेष्वाकर र विनोद भण्डारीको ८४ रनको साझेदारीमा नेपालले १७ बलअघि नै जित हात पार्यो ।
खेलमा कसको योगदान कति ?
व्याटिङः
शरद भेष्वाकर ९९ बलमा ५० रन । (३ चौका)
विनोद भण्डारी ५९ बलमा ४० रन । (३ छक्का १ चौका)
पारस खड्का ३२ बलमा २१ रन । (१ छक्का २ चौका )
ज्ञानेन्द्र मल्ल ४० बलमा २१ रन । (१ चौका)
नरेश बुढाऐर ३० बलमा १६ रन । (१ छक्का)
राजेश पुलामी मगरले २२ बलमा ९ रन (१ चौका)
राजु रिजाल ११ बलमा ६ रन ।
३४ रन एक्सट्रा ।
जम्मा १९७ रन ।
बलिङः
बसन्त रेग्मी १० ओभरमा ३ विकेट ।
सोमपाल कामी ८ ओभरमा २ विकेट ।
पारस खड्का १० ओभरमा १ विकेट ।
सन्दिप लामिछाने १० ओभरमा १ विकेट ।
शरद भेष्वाकर २ ओभर नो विकेट ।
शक्ति गौचन १० ओभर नो विकेट ।

















प्रतिक्रिया