२५ कार्तिक २०८३, बुधबार

नयाँ शक्तिमा आउन मधेसी दललाई डा. भट्टराईको अपील

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburam-bhattaraiसप्तरी, ४ वैशाख । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले मधेसी दलहरुलाई नयाँ शक्ति निर्माण गर्न प्रस्ताव गर्नुभएको छ । प्रदेश नम्बर २  को हुलाकी राजमार्ग क्षेत्रलाई केन्द्र बनाई थालिएको मधेस जागरण अभियानको दोस्रो दिन शनिबार सप्तरीको बोदेबसाइनमा आयोजित सभालाई सम्बोधन गर्दै डा. भट्टराईले नयाँ शक्ति निर्माणमा जुट्न मधेसी दलहरुलाई आग्रह गर्नुभएको हो ।

उहाँले अधिकारका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने भन्दै सम्पूर्ण देशलाई एकताबद्ध गरी समानुपातिक समावेशी प्रतिनिधित्व लागू गरेर देशलाई समृद्धितर्फ लग्न पुराना दल अक्षम भएकाले नयाँ शक्तिको आवश्यकता रहेको बताउनुभयो । कांग्रेस धेरै पुरानो भएको, एमाले मधेस विरोधी भएको र एकीकृत माओवादी पनि एमालेकै पथमा गएको उहाँको भनाइ थियो ।

डा. भट्टराईले मधेसी दलहरुलाई नफुट्न आग्रह गर्दै आफूहरुसँगै मिलेर नयाँ शक्ति निर्माणमा लाग्न आह्वान गर्नुभयो । उहाँले मधेसलाई माया गर्ने सबै असल साथी एकजुट भए मात्र विभेदमा परेका जनताले अधिकार पाउने दाबी गर्नुभयो ।

डा. भट्टराईले मुलुक संघीयतामा गइसकेकाले केही नमिलेका विषयवस्तु मिलाउनुपर्ने आवश्यकता भएको भन्दै प्रमुख समस्याको रुपमा रहेको सिमांकनको कुरा मिलिसकेको अवस्थामा केही व्यक्तिले बेइमानी गरेकाले कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाँले पूर्वसहमतिलाई कार्यान्वयनमा ल्याउन सकिने भएकाले सबैलाई एकजुट हुन आग्रह गर्नुभयो ।

डा. भट्टराईले जनताले नै प्रदेशको शासन चलाउन र सही संघीयता होस् भन्ने अभियानमा आफूहरु लागेको बताउँदै तराई मधेसको नेतृत्व मात्र नभई सिंगो मुलुकको नेतृत्व मधेसी दलहरुलाई आग्रह गर्नुभयो । ६ महिनासम्मको आन्दोलन उपलब्धीविना तुहिनुको मुख्य कारण नै राष्ट्रवादको नारा सावित भएको उहाँको भनाइ थियो ।