२५ कार्तिक २०८३, बुधबार

विश्व क्रिकेट लिगः नेपालको पहिलो जित, नामिबिया ५ विकेटले पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-cricket-team

काठमाडौं, ४ वैशाख । विश्व क्रिकेट लिग च्याम्पियनसीपअन्तर्गत नामिबियाविरुद्ध नेपालले पहिलो जित हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको १९६ रनको चुनौति पछ्याएको नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।

शरद भेष्वाकर र विनोदको ८४ रनको साझेदारीमा नेपालले १७ बलअघि नै जित हात पारेको  हो । नेपालका लागि भेष्वाकरले ९९ बल खेलेर ५० रनको योगदान गरे भने भण्डारीले ५९ बल खेलेर ४० रन बनाए । भेष्वाकर र भण्डारी दुबै अविजित रहे ।

नामिबियाका एसएफ बर्गर र जी स्याइमनले समान २-२ विकेट लिए भने जेट जोर्निवाल्डले एक विकेट लिए ।

यसअघि टस जितेर व्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाएर १९५ रन बनाएको थियो । उसका लागि फारेल बर्गरले सर्वाधिक ३८ रन बनाए ।

नेपालका लागि वसन्त रेग्मीले ३, सोमपाल कामीले २, कप्तान पारस खड्का र सन्दिप लामिछानेले १–१ विकेट लिए ।

नामिबियाविरुद्धको दोस्रो वैशाख ६ गते सोमबार हुनेछ । दुबै खेल जिते नेपालले बंगलादेशमा हुने विश्वकप छनोट खेल्न पाउने सम्भावना बोलियो हुनेछ ।