२५ कार्तिक २०८३, बुधबार

अरुको नेतृत्वमा पनि सरकार बनाउन सकिन्छ : नेता खनाल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jhalanath Khanalकाठमाडौं, ४ वैशाख । एमालेका बरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्र नवौँ महाधिवेशनको धङ्धङ्गी अझै नसकिएको बताउनु भएको छ ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले पार्टीभित्र कुनै गुट नरहेको दावी गरेकै दिन रिपोर्टर्स क्लब नेपालमा शनिवार आयोजित साक्षात्कारमा खनालले भन्नुभयो, ‘पार्टीको नवौँ महाधिवेशनमा दुई गुट बनाएर चुनाव लडेको धङ्धङ्गी अझै मेटिसकेको छैन ।’ उहाँले एमालेले राष्ट्र र जनताप्रतिको मिसन पूरा गर्न सक्ने उल्लेख गर्नुभयो ।

उहाँले एमाले अध्यक्ष ओलीले आफूमा फर्किफर्कि पदमा दोहोरिने आकांक्षा नभएकोले गुटबन्दी नगर्ने भनि गरेको टिप्पणीप्रति लक्षित गर्दै अध्यक्षले त्यो अरु कसैप्रतिभन्दा पनि आफूप्रति नै फर्किएर भनेको बताए ।

संविधान कार्यान्वयन गर्न राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्ने आवश्यकता औल्याउँदै प्रधानमन्त्री ओलीको नेतृत्वमा बन्न नसके अरु कसैको नेतृत्वमा पनि त्यस्तो सरकार बनाउन सकिने धारणा राख्नुभयो ।

‘अब संविधान कार्यान्वयन गर्न ३–४ वर्ष लाग्छ त्यसकोलागि पनि दलहरू एकताबद्ध हुन जरुरी छ । त्यसैले सबै पार्टी मिलेर सरकार बनाउनु पर्छ’, उहाँले भन्नुभयो ।