२५ कार्तिक २०८३, बुधबार

‘राजा आउ देश बचाउ’भन्दै बाहालवाला मन्त्री नै यसरी सडकमा उत्रिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajabadi Biraj Bista RPP Nepalकाठमाडौं, ४ वैशाख । शाही युवा शक्तिको अगुवाईमा शनिबार नारायणहिटी परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

उक्त अवसरमा संघीय मामला तथा स्थानीय विकास सहायकमन्त्री विराज विष्टले प्रत्येक नेपालीको मन र मष्तिकमा राजसंस्था रहेको भन्दै राजसंस्था बिनाको राज्यको कल्पना गर्न नसकिने बताए ।

सरसफाई अभियानमा सहभागी हुने क्रममा उपस्थित युवाहरूले राजा आउ देश बचाउ भन्ने नारा लगाएका थिए । राष्ट्रियता बचाउनका लागि राजसंस्थाको भूमिका अपरिहार्य रहेको बताएका छन् । सहभागीहरूले गणतन्त्र अफापसिद्ध र असफल साबित भइसकेको दाबी गरे ।

राजसंस्था लगायतका एजेण्डाबारे बोलेकै आधारमा अध्यक्ष कमल थापाले एकलौटी तवरले सहअध्यक्ष केशरबहादुर विष्टलाई निलम्बन गरेका थिए । राप्रपा नेपालका केन्द्रीय सदस्य समेत रहेका मन्त्री विष्टलाई पनि फिर्ता बोलाइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विष्टले पार्टीको एजेण्डामा अडिग रहँदा रहँदै फिर्ता बोलाइनु दुःखद् भएको र राप्रपा नेपालले एजेण्डा छाडे पनि आफूहरूले सिद्धान्त, निष्ठा कहिले पनि परित्याग नगर्ने, संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा अबिचलित अघि बढ्ने बताए ।

सरसफाई कार्यक्रममा राप्रपा नेपालका केन्द्रीय सदस्य दमन बस्नेत, शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का लगायतको सक्रिय सहभागिता रहेको थियो ।