बहराइन । बहराइनमा बसोबास गर्दै आएका चितवनबासीहरुको साझा संगठन चितवन सेवा समाज बहराइन ले नया बर्ष २०७३ को उपलक्ष्यमा बनभोज तथा भित्तेपात्रो बिमोचन कार्यक्रम को आयोजना गरेको छ ।
नेपाली बर्ष २०७३ को स्वागत अनि २०७२ लाई बिदाइ गर्ने आपसी भाइचारा सम्बन्धलाई सुद्धृढ गर्ने लक्ष्यका साथ आयोजना गरिएको उक्त बनभोज कार्यक्रममा विभिन्न संघसंगठनका प्रमुखहरु एनआरन बहराइन, नेपाली क्लब बहराइन लगायतका प्रतिनिधिहरु पनि उपस्थित हुनुहुन्थ्यो ।
करिब ३०० चितवन बासी सहभागी कार्यक्रम बहराइनको सारा रिसोर्ट, हमलामा विभिन्न सास्कृतिक कार्यक्रम को पनि प्रस्तुति रहेको थियो ।
बहराइनमा रोजगारि को सिलसिलामा रहनु भएका स्थानीय कलाकार सन्तोष श्रेष्ठ, सरिता दर्लामी, लिला पौडेल, मेघराज आचार्य, सुनिता पौडेल लगायतले आफ्नो प्रस्तुति राख्नु भएको थियो ।
समाजका अध्यक्ष बेदराज पौडेलले संयोजन गर्नु भएको कार्यक्रम अबका हरेक बर्ष आयोजना गर्ने बताउनुभयो । कार्यक्रममा सहभागी सबैले चितवन सेवा समाजप्रति एकदमै खुसी ब्यक्त गरेक थिए ।
नेपालीपन झल्काउने दौरा सुरुवाल र ढाका टोपी मा सजियका अधिकांश नेपाली हरु नेपाली लोक भाका र दोहरी मा रमायका थिए ।















प्रतिक्रिया