१ कार्तिक २०८३, शनिबार

विश्व क्रिकेट लिगः नेपाललाई ठूलो झट्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parash-Khadka

काठमाडौं, ४ वैशाख । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत जारी खेलमा नेपालले दुई महत्वपूर्ण विकेट गुमाएको छ ।

२३ औं ओभरमा तेस्रो विकेटमा रुपमा कप्तान पारस खड्का २१ रनमा पेभिलियन फर्किए । उनले ३१ बल खेलेका थिए । भने यू-१९ टिमका कप्तान राजु रिजाल पनि २३ औं ओभरमै ६ रनमा आउट भए ।

१९६ रनको विजयी लक्ष्यसहित खेलिरहेको नेपालले यसअघि १३ औं ओभरमा लगातार दुई विकेट गुमाएको थियो । नेपालका ओपनर नरेश बुढाऐर र उपकप्तान ज्ञानेन्द्र मल्ल १६ र २१ रन बनाएर आउट भएका थिए ।