२५ कार्तिक २०८३, बुधबार

‘संसदीय मर्यादाअनुसार दुई ठूला दल एकै ठाउँमा बस्नु हुँदैन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shekhar Koiralalचितवन, ४ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसदीय व्यवस्थामा दुई ठूला दल एकै ठाउँमा नहुने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन चितवनले आज नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कांग्रेस पनि यही सरकारमा गए भ्रष्टाचार, कालोबजारी र कुशासन बढ्ने सम्भावना हुने बताउनुभयो ।

मधेसका, जनजाति, आदिवासीलगायतको समस्या समाधान नगरी काँग्रेस सरकारमा जानाको औचित्य नभएको बताउँदै नेता कोइरालाले अहिले सङ्गठनलाई चुस्तदुरुस्त बनाउने काममा कँंग्रेस लाग्नुपर्नेमा जोड दिनुभयो ।

फरक प्रसङ्गमा उहाँले धर्मनिरपेक्षताका कारण सङ्घीयता र गणतन्त्र धरापमा पर्न नहुने बताउँदै गणतन्त्रलाई संस्थागत गर्दै ८५ प्रतिशत जनताको मागअनुरुपको हिन्दू राज्यका लागि लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो ।