२९ आश्विन २०८३, बिहिबार

मोदीले इलामको चिया खाएर व्यवस्थापिका–संसदलाई सम्वोधन गर्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi

काठमाडौं, १७ साउन । दुई दिने नेपाल भ्रमणमा नेपाल आउन लाग्नु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइतवार १० बजेर ५० मिनेट जादाँ बोइङ विजनेश जेटमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुहुने छ ।

उहाँ अवतरण भएपछि अतिविशिष्ट कक्षमा प्रधानमन्त्री कोइरालाले उहाँलाई स्वागत गर्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयका अनुसार अतिविशिष्ट कक्षमा प्रधानमन्त्री मोदीको सम्मानमा १९ तोपको सलामी समेत दिइनेछ ।

आइतवार नै परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट गर्नुहुनेछ ।
आइतवार दिउँसो दुवै देशका प्रधानमन्त्रीहरूबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटघाट र त्यसपछि दुई मुलुकका प्रतिनिधिमण्डलबीच प्रधानमन्त्री तहमा नेपाल–भारत सम्बन्धका विविध पक्षमा वार्ता हुनेछ ।

त्यसपछि मोदीले सभामुख सुवासचन्द्र नेम्वाङसँग भेट गर्नुहुनेछ । भेटमा नेम्वाङले मोदीलाई इलामको चिया खुवाउने कार्यक्रम छ ।

त्यसपछि मोदीले व्यवस्थापिका–संसदलाई अपरान्ह ४ बजेर २५ मिनेट जाँदा सम्बोधन गर्ने कार्यक्रम छ । आइतवार बेलुका नै भारतीय प्रधानमन्त्रीको सम्मानमा प्रधानमन्त्री कोइरालाले रात्रिभोजको आयोजना गर्नुहुनेछ ।

भ्रमणको दोस्रो दिन सोमबार बिहान उहाँले पशुपतिनाथको दर्शन र पूजा अर्चना गर्ने कार्यक्रम छ ।

सोमबार बिहान ९ बजे दर्शन एवम् पूजाका लागि उहाँ पशुपतिमा पुग्ने कार्यक्रम छ । बिहान साढे आठ बजे पशुपतिका चारवटै ढोका खुल्ने भएकाले ९ बजेपछि मोदीको दर्शन एवम् पूजा कार्यक्रम तय गरिएको हो ।

त्यसैगरी सोही दिन उहाँले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति डा. रामवरण यादवसँग शिष्टाचार भेट गर्नुहुनेछ । भेटपछि राष्ट्रपति डा. यादवले प्रधानमन्त्री मोदीको सम्मानमा दिवाभोजको आयोजना गर्नुहुनेछ ।

यसैगरी सोमबार अपराह्न भारतीय प्रधानमन्त्री मोदीसँग विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा व्यापारिक समुदायले सामूहिक तथा व्यक्तिगतरूपमा पनि भेट गर्नुहुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

दुई दिने औपचारिक भ्रमण पूरा गरी उहाँ साउन १९ गते बोइङ विजनेश जेटमार्फतनै स्वदेश फर्कनुहुनेछ ।

मोदीको स्वागतमा काठमाडौँका विभिन्न सडकका दायाँबायाँ रहेका पोलमा नेपाल र भारतको राष्ट्रिय झन्डा फहराइएको छ ।