२५ कार्तिक २०८३, बुधबार

सरकारी प्रतिनिधि थापासँग वार्ता नगरेर मधेसी मोर्चाले कोसँग वार्ता गर्छ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ishwor Pokharel Uml Netaकाठमाडौं, ४ वैशाख । एमालेका महासचिव ईश्वर पोखरेलले राप्रपा नेपालका अधयक्ष कमल थापाले संविधानलाई मानेर सरकारमा सहभागी भएकाले उहाँहरूलाई गणतन्त्र र संघीयता विरोधी भनेर टिकाटिप्पणी गर्नुपर्ने आवश्यक नरहेको बताउनुभएको छ ।

नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै महासचिव पोखरेलले सरकारले बनाउने कुनै पनि वार्ता टोलीसँग मधेसी मोर्चाले वार्ता र सम्वाद गर्नुपर्ने बताउनुभयो । ‘यो सरकारमा सहभागी मन्त्रीहरू संविधानलाई स्वीकार गरेर आएका छन्’, उहाँले भन्नुभयो, ‘संविधान मानिसकेपछि को गणतन्त्र विरोधी हो वा संघीयता विरोध हो भनेर भनिरहनु पर्दैन । आफै स्पष्ट भइसकेको छ ।’

मधेसी मोर्चाले कमल थापा नेतृत्वको वार्ता टोलीसँग सम्वाद नगर्ने भनेर दिएको अभिव्यक्तिप्रति खरो टिप्पणी गर्दै पोखरेलले भन्नुभयो, ‘मधेसी मोर्चाका साथीहरू कुनै बहाना गरेर विगतको जस्तो बितण्डा मच्चाउन चाहन्छन् । कमल थापाको वार्ता समिति नेपाल सरकारको वार्ता समिति हो । यसप्रति आशंका गर्नु हुँदैन । प्रधानमन्त्री मधेस विरोधी हो भनेर कसैले आरोप लगाउँदैमा केही हुँदैन । यस्ता घटिया आरोप लगाउनुको अर्थ छैन । ओली कसैको दयामायाले प्रधानमन्त्री बन्नुभएको होइन । बिधि र प्रक्रियाबाट बन्नुभएको हो ।’

शुक्रबार सक्किएको केन्द्रीय कमिटीमा अध्यक्ष ओलीले सबैको चित्तबुझ्ने गरि जवाफ दिएको बताउनुभएका महासचिव पोखरेलले भन्नुभयो, ‘अध्यक्ष ज्यूले दोहोराएर कुनै पनि पदमा जाँदिन भन्नुभएको छ । दोहोराएर ती पदमा नजाने भएपछि किन गर्नु पर्छ गुटबन्दी ? माधव नेपालसहितका साथीहरूले संस्थागत ढंगले पार्टी चल्नुपर्छ भन्नुभएको हो ।’