काठमाडौं, ३ वैशाख । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीले आफूले पार्टीमा कुनै गुट सञ्चालन नगरेको दाबी गर्नु भएको छ ।
बालुवाटारमा आज बसेको एमालेको केन्द्रीय कमिटीको बैठकमा जवाफ दिँदै ओलीले आफू पुनः गुटका राजनीतिमा फर्कने पक्षमा नरहेको बताउनुभएको हो ।
‘मलाई फर्कीफर्की पुरानो पदमा जानु छैन’, प्रधानमन्त्री ओलीको भनाइ उदृत गर्दै उहाँका राजनीतिक मामिला सल्लाहकार विष्णु रिमालले फेसबुकमा लेख्नुभएको छ, ‘त्यसैले मलाई गुटवन्दी गरिरहनु पनि छैन ।’
प्रधानमन्त्री ओलीले अगाडि भन्नुभएको छ, ‘पद दिएको बेला ‘अनुभव हासिल’ गरिरहने, कामको लागि चाहिँ अर्को कार्यकाल किन चाहिने ?’
वरिष्ठ नेता माधवकुमार नेपाल समूहले केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष आफैले पार्टीमा गुट चलाएको भन्दै आलोचना गरेपछि ओलीको यस्तो जवाफ आएको हो ।













प्रतिक्रिया