सिन्धुपाल्चोकको जुरेमा आएको पहिरोले एक दर्जन भन्दा बढी मानिसको मृत्यु भएको बताइएको छ ।
अहिलेसम्म १३ जना मानिसको मृत्यु भएको सिन्धुपाल्चोकका सभासद् मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । थुप्रै मानिसहरु अहिले पनि बेपत्ता भएका कारण मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ । सुरक्षा निकायले भने आठ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
पहिरोबाट व्यापक जनधनको क्षति गर्ने खतरा देखिएपछि तत्काल समाधान दिन सिन्धुपाल्चोकका नेताहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।














प्रतिक्रिया