१ कार्तिक २०८३, शनिबार

बार्सिलोनालाई लाग्यो झट्का, च्याम्पियन्स लिगबाट बाहिरियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

FBL-EUR-C1-ATLETICO-BARCELONA

काठमाडौं, २ वैशाख । एथ्लेटिको मड्रिडसँग पराजित भएसँगै डिफेण्डिङ च्याम्पियन बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।

बुधबार राति भएको खेलमा बार्सिलोना एथ्लेटिको मड्रिडसँग २–० गोलले पराजित भएको हो । पहिलो लेगमा २–१ को जित निकालेको बार्सिलोना दोस्रो लेगमा चुक्यो ।

एथ्लेटिको मड्रिडका लागि एन्टोनिओ ग्रिजम्यानले एक्लैले दुई गोल गरे । ३६ औं र ८८ मिनेटमा उनले हानेको दुई गोलको मद्दतमा एथ्लेटिको सेमिफाइनलमा पुग्यो ।

बार्सिलोना हार्दा एथ्लेटिको मड्रिड, रियल मड्रिड, म्यानचेष्टर सिटी र बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेका छन् ।

हारसँगै बार्सिलोनाले यो सिजनका प्रमुख तीन उपाधि ला लिगा, च्याम्पियन्स लिग र कोपा डेल रे खेल्ने र उपाधि उचाल्ने अवसर पनि गुमाएको छ ।