१ कार्तिक २०८३, शनिबार

प्रहरीद्वारा राष्ट्रिय जागृति ट्राइबेकर पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunsari Footballभरौल, २ वैशाख । सुनसरीको भरौलमा जारी दोश्रो आमन्त्रित भरौल गोल्डकप फुटबल प्रतियोगिताको दोश्रो क्वाटरफाइनल खेलमा पूर्व क्षेत्रिय प्रहरी टिम रानीद्वारा राष्ट्रिय जागृति क्लब ईटहरी पराजित भएको छ ।

बुधबार भएको ९० मिनेटको खेल गोलरहित बराबरीमा चलेको थियो । दुवै टिमका तर्फबाट गोल गर्ने प्रयास भएपनि सफल भएनन् । दोश्रो हाफपछि राष्ट्रिय जागृतिले खेललाई आफ्नो नियन्त्रणमा लिएपनि गोल गर्न भने सकेन ।

खेल ट्राइबेकरमा धकेलिएपछि विभागीय टिम पूर्व क्षेत्रीय प्रहरी टिम रानी विराटनगरले ४–३ को अन्तरले जागृतिलाई पराजित गरेको थियो । खेलमा म्यान अफ द म्याच पूर्व क्षेत्रीय प्रहरी टिमका दीपेन राई घोषित भए । भोलिको खेल रेडहर्स इलाम भर्सेज चर्च ब्याइज काठमाडौंबीच सञ्चालन हुने आयोजकले जनाएको छ ।

स्थानीय जडेज उच्च माविको नवनिर्मित खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले नगद रु १ लाख ५ हजार र उपविजेताले नगद रु ५५ हजार प्राप्त गर्ने आयोजक न्यू स्टार क्लबका अध्यक्ष भेषराज कार्कीले बताएका छन् ।