काठमाडौं, १ चैत । चीनको सामना गर्न भारत र अमेरिका सहमत भएका छन् ।
यसको जानकारी भारतका रक्षामन्त्री मनोहर पार्रिकरले दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
हिन्द महासागरमा पछिल्लो समय चीनले सीमा क्षेत्रका विभिन्न टापुहरु आफ्नो नियन्त्रणमा लिदै गएपछि भारत चिन्तित छ ।
यसैक्रममा चीनको आक्रामक ब्यवहारलाई नियन्त्रण गर्न भारत र अमेरिकाबीच भएको रणनीतिक समझदारीपछि भारतले आफ्नो र अमेरिकी सेनाबीच एक आपसका सूचना र संरचना प्रयोगबारे सहमति गरेको हो ।
अब अमेरिकी सेनाले भारतीय भुमि निर्वाध रुपमा प्रयोग गर्न पाउनेछ । दुई देशबीच प्रविधी आदान प्रदान, सैन्य लजिष्टिकको प्रयोग लगायतका कुरामा पनि सहमति भएको समाचारमा जनाइएको छ ।
दक्षिण चीन सागरमा निर्बाध यातायात र फ्री फ्लाइ जोनका लागि पनि दुबै देशले चीनको सामना गरेर अगाडि बढ्ने सहमति जनाएका छन् । यो सहमतिमा अमेरिकी रक्षा सचिव एश्टन कार्टर र भारतीय रक्षामन्त्री मनोहर पार्रिकरको प्रमुख भुमिका छ ।
















प्रतिक्रिया