३१ आश्विन २०८३, शनिबार

पूर्वी पाकिस्तानमा सडक दुर्घटनामा १८ को मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

china-pakistan-economic-corridor_landscape_1457861776इस्लामाबाद, १ वैशाख । पाकिस्तानको पूर्वीसहर फैसलाबादमा एक बस र ट्रक र एकआपसमा ठोक्किदा भएको दुर्घटनामा परी १८ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यम उर्दुले जानकारी दिएको छ ।

पञ्जाब प्रान्तको फैसलाबाद सहरको झाङ्ग सडकमा विपरीत दिशाबाट आएको एक ट्रकसँग ५० भन्दा बढी यात्रु सवार रहेको सो बस ठोक्किएर दुर्घटना भएको समा समाचार समितिले जानकारी दिएको छ ।

सो दुर्घटनाको कारण बस चालकले उच्चगतिमा सवार बस चलाउनु भएको र दुर्घटनामा सो चालकको पनि मृत्यु भएको समाचारमा बताइएको छ ।

सो बस फैसलाबादबाट सदिकाबाद जिल्लातर्फ गईरहेको बताइएको छ । उस घटनामा घाइते भएका सबैलाई उद्धारकर्ताले अस्पताल पु-याएका छन् ।सिन्ह्वा