नयाँ दिल्ली, ३० चैत । दक्षिण भारतको केरला राज्यमा अवस्थित एक मन्दिर आगलागीमा दोषी भएको आशङ्का गरिएका पाँच व्यक्तिले आत्मसमर्पण गरेको समाचार छ ।
मन्दिरमा आगोलाग्नुअघि गरिएको आतिशबाजीमा सम्लग्न, त्यसको बिक्रीबितरणमा सम्लग्न र मन्दिरका अधिकारीसमेत गरी तीन जनालाई प्रहरीले आशङ्का गरेको थियो ।
प्रहरीद्वारा वारेन्ट जारी गरिएका पाँच व्यक्तिले आत्मसमर्पण गरेको मङ्गलबार प्रहरीले जनाएको छ । प्रहरीका वरिष्ठ अधिकारीले मङ्गलबार बिहान सबेरै सो जानकारी दिएका छन् ।
गत आइतबार बिहान सबेरै भएको यस भीषण आगलागीमा परी १०९ बढी व्यक्तिको मृत्यु हुनु साथै अन्य ३ सय भन्दा ५० भन्दा बढी घाइते भएका छन् ।
भारतको केरलाराज्यको तटीय सहर पारवुरामा रहेको पुत्तिङ्गल देवीको मन्दिरमा हिन्दू नयाँ वर्षको उपलक्ष्यमा भएको आतसबाजीमा यो आगलागी भएको थियो ।
सो आतिसबाजी हेर्नको लागि शनिबार रातिबाट नै जम्मा भएका व्यक्तिबीच स्थानीय समयानुसार आइतबार बिहान ४ बजे सो आगलागी सुरु भएको थियो ।
आत्मसमर्पण गरेका ती पाँच व्यक्तिलाई केरला प्रहरीको अपराध शाखामा बुझाइएको स्थानीय प्रहरीले दिएको सुरुको सूचनामा बातइएको थियो ।
प्रहरीको अनुमति बिना नै ल्याइएको यस पटाकाको विषयमा को जिम्मेवार हो भन्ने विषयमा अनुसन्धान भइरेहको बताइएको छ ।
कोट्याम जिल्लाले यसको अनुमति नदिएको बताएको छ । आगोलागेपछि ती पाँच व्यक्ति सम्पर्कबिहीन भएका थिए । रासस/एएफपी
















प्रतिक्रिया