२९ आश्विन २०८३, बिहिबार

कुखुराको मासुमा अत्यन्त हानिकारक ‘एन्टिबायोटिक’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kukhuraकाठमाडौं, १७ साउन । कुखुराको मासुमा ८० प्रतिशतसम्म ‘एन्टिबायोटिक’ औषधिको मात्रा भेटिएको छ ।

पशु स्वास्थ्य निर्देशनालयअन्तर्गत भेटनरी जनस्वास्थ्य कार्यालयले असरा अन्तिममा मासुमा एन्टिबायोटिक औषधिको अवशेषबारे अध्ययन गरेको थियो । पशु चिकित्सकका अनुसार मानव स्वास्थ्यका लागि औषधिको अवशेषयुक्त मासु उपभोग निकै हानिकारक मानिन्छ ।

थोरै समयमा कुखुराको तौल बढाउन तथा रोगबाट बचाउन मापदण्डभन्दा बढी औषधि प्रयोग भएको हुनाले समस्या आएको पशुविज्ञको ठहर छ ।

कार्यालयले काभ्रे, भक्तपुर, काठमाडौं र ललितपुरका विभिन्न पसलबाट कुखुराको मासु र कलेजोको ५०/५० वटा नमुना संकलन गरेको थियो । संकलित नमुना अध्ययनपछि कार्यालयले साउनको दोस्रो साता निष्कर्षसहित प्रतिवेदन तयार गरेको छ ।

प्रतिवेदनअनुसार मासु र कलेजोका ती नमुनामध्ये झन्डै ८० प्रतिशतमा नेपालसहित अन्य मुलकले आयात र प्रयोगमा प्रतिबन्ध लगाएको अत्यन्त हानिकारक मानिने एन्टिबायोटिक औषधिको अवशेष छ ।

नमुनामध्ये मासुमा ४० प्रतिशत र कलेजोमा ६० प्रतिशत औषधिको अवशेष पाइएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । स्रोतले भन्यो, ‘हामीले शरीरलाई स्वास्थ्य पोसिलो भनेर प्रयोग गर्दै आएको मासुले झन नकारात्मक असर पुर्‍याउँदै आएको छ ।’