बागलुङ, ३० चैत । जिल्लाको हुग्दीशिर–६ स्थित कृष्णबहादुर क्षेत्रीको घरमा आगलागी हुँदा उहाँकी ८३ वर्षीया आमा नैना क्षेत्रीको जलेर मृत्यु भएको छ ।
सोमबार दिउँसो अचानक घरमा आगलागी हुँदा घरमै बसेकी क्षेत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आमालाई बचाउन खोज्दा छोरा कृष्णबहादुर घाइते भएका छन् । उनलाई थप उपचारका लागि पाल्पा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानबहादुर तामाङले जानकारी दिनुभयो ।
आगलागीका कारण घर पूर्णरुपमा क्षति भएको जनाइएको छ । आगलागीको कारणबारे केही नखुलेको प्रहरीको भनाइ छ । रासस












प्रतिक्रिया