१ कार्तिक २०८३, शनिबार

देउवाको ‘रक्सी र मासु’ पार्टीमा यस्तो पनि देखियो (तस्बिरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

12994342_967385226702778_4448408351856995549_nकाठमाडौं, ३० चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको चर्चा अहिले मात्रै होइन पहिलादेखि नै हुने गरेका छन् ।

सरकार बनाउने होस् वा गिराउन या सांसद खरिद बिक्री आदिमा उनको नाम जोडिएर सधै आउने गरेको छ । सरकार जोगाउनकै लागि पजेरो खरिददेखि सुरासुन्दरी आदि विषयमा पनि देउवाको नाम सधै जोडिएर आयो ।

आफ्नो नामसँग जोडिने आक्षेपप्रति सभापति देउवा जानकार छन् । उनले बेलाबख त्यसको खण्डन पनि गर्ने गरेका छन् । तै पनि उनीमा सुधार नआएको स्वयं कांग्रेस नेताहरूको आरोप छ ।

सभापतिमा यसपटक विजयी हासिल गर्न देउवाले करोडौँ रुपियाँ खर्च गरेको कांग्रेसी नेताहरूकै भनाइ छ । हुन पनि उनको तडकभडक आदि हेर्दा महाधिवेशनमा थुप्रै खर्च भएको अनुमान गर्न सजिलै सकिन्छ ।

Congress-1आफ्नो तडकभडक र खर्चको कार्यमा माहिर मानिने सभापति देउवाले अहिले पनि त्यसलाई निरन्तरता दिएका छन् । उनले कहिले आफ्ना नजिकका नेताहरूलाई रक्सी पार्टी दिने, कहिले भात खुवाउन बोलाउन आदि जस्ता कार्य गर्दै आएका छन् ।

हालै मात्र चैत २७ गते पनि सभापति देउवाले केन्द्रीय कार्यसमिति र सांसदहरूलाई रात्रिभोज खुवार फेरि एक पटक बिबादमा तानिएका छन् ।

काठमाडौंको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा सभापति देउवाले केन्द्रीय पदाधिकारी, सदस्य, सांसद र सीमित पत्रकारहरूलाई बोलाएर रातभरि मासु र रक्सी खुवाएका हुन् । देउवाको रक्सी र मासु पार्टीमा करीव १ हजारको सहभागिता रहेको थियो ।

Congress-2मासु र रक्सी खाएका कांग्रेसी नेता र सांसदहरूले पार्टी प्यालेसभित्र रमाइलो पनि गरेका थिए । मधुर ध्वनीमा गुञ्जिएको संगीतमा कांग्रेसी नेताहरूले मज्जा लिएको एक नेताले बताए ।

पतिसँगै पुगेकी आरजुले पनि कांग्रेसी नेताहरूसँग खुब रमाइलो गरेकी थिइन् । रक्सी पार्टीमा आरजु पतिभन्दा पनि धेरै ब्यस्त देखिन्थिन् । सबैले उनीसँग तस्बिर खिचाउन तछाडमछाड गरेका थिए । देउवाको रक्सी र मासु पार्टीमा सभापतिमा पराजित रामचन्द्र पौडेल भने अनुपस्थित थिए ।

देउवाले यसरी खर्च गर्नुको रहस्य कसैलाई भनिएको छैन । उनले गर्ने खर्चको विवरण पनि सार्वजनिक गरिएको छैन । हुन त कांग्रेसको सभापति, पूर्व प्रधानमन्त्री देउवाले खर्च गर्ने विषयमा सोध्ने कसले आँट गरोस् ?

देउवा मात्रै होइन देउवाले जितेका बहानामा राजधानीमा दैनिक सरह पार्टी हुने गरेका छन् । कहिले मजदुर, कहिले कर्मचारी, कहिले वकिल, कहिले पत्रकार, कहिले भाइभतिजाका नाममा दैनिक सरह मासु र रक्सीको पार्टी हुँदै आएको स्रोतको भनाइ छ ।

Sherbahadur-Deuba

12961610_967083013399666_42

13001296_967083286732972_5501048753178060949_n

Aaraju-Deuba

 

12938251_967385230036111_625382942167089247_n