काठमाडौँ, २९ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीमा कार्यरत सवइन्जिनियर मनोजकुमार यादवविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार कावासोती नगरपालिका–४ स्थित कल्भर्ट निर्माण कार्यको इस्टिमेट गर्ने प्रयोजनका लागि पुगेका सेवाग्राहीसँग घुस लिँदालिँदै सवइन्जिनियर यादव थलोमा नै पक्राउ परेका थिए ।
आयोगको टोलीले रु तीस हजार घुस लिँदालिँदै यादवलाई पक्राउ गरेको थियो । सवइन्जिनियर यादवलाई आयोगले हदैसम्मको कारबाहीको माग गरेको छ । रासस













प्रतिक्रिया