१८ कार्तिक २०८३, बुधबार

पुनः निर्माणमा असहयोग गर्ने गाविससचिवलाई कारबाही गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Eknath Dhakal

गोरखा, २९ चैत । शान्ति तथा पुनःनिर्माण मन्त्री तथा पुनः निर्माण प्राधिकरण जिल्ला समन्वय समिति गोरखाका अध्यक्ष एकनाथ ढकालले पुनः निर्माण कार्यमा असहयोग गर्ने गाविस सचिवलाई कारबाही गर्नेे बताउनुभएको छ ।

त्रिपाल मुनि रहेका जनतालाई नयाँ घर बनाउन रोक्ने सरकारी कर्मचारीलाई कारबाही गरिने उहाँले बताउनुभयो । समितिको आजको पहिलो बैठकमा बोल्दै उहाँले भन्नुभयो, “जनता पालुमुनि छन्, सचिवले आन्दोलन गर्न मिल्दैन, पुनः निर्माणमा असहयोग गर्ने, हेलचेक्र्याइँ गर्ने र अल्छी गर्ने सरकारी कर्मचारीलाई कारबाही गर्छौं ।”

समितिको बैठकमा सांसदहरु चीनकाजी श्रेष्ठ, कमला पन्त, हितराज पाण्डे, कृष्ण धिताल, छमबहादुर गुरुङ, प्रजिअ नारायणप्रसाद भट्ट, स्थानीय विकास अधिकारी नारायणप्रसाद आचार्य र पुनः निर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय गोरखाका प्रमुख गुणराज भट्टराईलगायतले बर्खाअघि नै भूकम्पपीडितले घर बनाउन सक्नेगरी अनुदान रकम वितरण गर्नुपर्नेमा जोड दिनुभएको छ । रासस