पथरी (मोरङ), २९ चैत । सरकारका प्रवक्ता शेरधन राईले सरकारको विकल्प खोज्ने कुरा हल्ला मात्र भएको बताउनुभएको छ ।
विराटनगरमा आज नेपाल शिक्षक सङ्गठनको ३७औँ शिक्षक दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री राईले भन्नुभयो – “बहुमतमा रहेको वर्तमान सरकारको विकल्प खोज्नु असफल प्रयास मात्र हो ।”
मन्त्री राईले आजै शिक्षक सङ्गठन मोरङको शिक्षक भवनको समेत उद्घाटन गर्नुभयो । सो भवन रु ५८ लाख ४४ हजारको लागतमा बनेको हो । भवन निर्माणका लागि रु ६४ लाख सात हजार विभिन्न शिक्षक तथा दातृ निकायबाट सङ्कलन भएको सङ्गठनका अध्यक्ष धर्मानन्द खरेलले जानकारी दिनुभयो । रासस













प्रतिक्रिया