हाइकुउ (चीन), २९ चैत । दक्षिण चीनको हाइनान द्वीपनजिकको जलक्षेत्रमा भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा छ माझी बेपत्ता भएका छन् ।
हाइनान प्रान्तको याङ्गपु सामुद्रिक उद्धार केन्द्रले सोमाबर उक्त जानकारी दिएको छ । उत्तर पश्चिम हाइनान प्रान्तको याङ्गपु क्षेत्रका आएको कडा हावाको कारण सो डुङ्गा दुर्घटना भएको बताइएको छ ।
चार डुङ्गामा रहेका १४ व्यक्ति सो दुर्घटनामा परेका र तीमध्ये आठ जनालाई भने उद्धार गरिएको बताइएको छ । रासस/सिन्ह्वा
















प्रतिक्रिया