१ कार्तिक २०८३, आइतबार

नयाँ वर्षको दिन गुल्मीको आकाशमा प्याराग्लाईडिङ्ग उड्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paraglayding

– अनिल खत्री
गुल्मी, २९ चैत । नव वर्ष २०७३ को पहिलो दिन गुल्मेली आकाशमा व्यवसायीक रुपमा पहिलो पटक प्याराग्लाईडिङ्ग उडान हुने भएको छ ।

युथफर डेभलप्मेण्ट अफ नेपाल नामक संस्थाले भार्सेको शिर पार्सुली डाँडाबाट पहिलो चोटी प्याराग्लाईडिङ्ग उडान गर्ने भएको हो ।

उक्त संस्था र भार्सेमा क्रियाशिल थाप्ले क्लवको संयुक्त आयोजनामा बैशाख १ गते पाँच जना पाईलटहरुद्धारा प्याराग्लाईडिङ्ग गरिने र २० देखि २५ मिनेटका दरले मानिसहरुलाई भार्से वरीपरी उडाईने क्लवका अध्यक्ष किशान थापाले जानकारी दिँए ।

नव वर्ष २०७३ र चैते दशैंको समेत अवसर पारेर प्याराग्लाईडिङ्गका अलवा भार्सेमा भव्य सांस्कृतिक कार्यक्रम समेत गर्न लागिएको जानकारी दिदै क्लवका अध्यक्ष थापाले भने– ‘समग्र गुल्मी जिल्लाको पर्यटन विकासका लागि यस्तो कार्यक्रम ल्याईएको हो ।’ उनका अनुसार आज पहिलो दिन रिडी देखि खैरेनी सम्म साईकल यात्रा गरिनेछ । मंगलवार खैरेनी देखि भार्से सम्म जाने साईकल यात्राले भर्से गाउँ परिक्रममा गरी व्यापक प्रचार प्रसार गर्नेछ ।

बैशाख १ गते दिनैभर प्यराग्लाईडिङ्ग उडानले गुुल्मेली आकाश मनोरम बनाईने छ । बैशाख २ गते भार्से माध्यामिक विद्यालय प्राङ्गणमा ख्याति प्राप्त राष्ट्रिय र स्थानिय कलाकारहरुद्धारा भव्य साँस्कृतिक कार्यक्रम गरिने छ ।

सोही दिन चैते दशैको विहान युकेमा कार्यरत ओमप्रसाद थापा लगायतका भार्सेलीहरुले निर्माण गरेको झुलुथुम देवि मन्दिरको उद्घाटन संगै पुजा पाठ गरिने बताइएको छ ।

जनजाती समुदायको वाहुल्य रहेको भार्सेमा उनीहरुको परम्परागत भेषभुषामा सोरेठी लगायतका मौलिक सांस्कृति पनि प्रर्दशन गरिनेछ । वैशाख १, २ र ३ गते सम्म पहिलो पटक भार्सेमा महामेलाका रुपमा गर्न लागिएको त्यस कार्यक्रममा रमाउनका लागि थाप्ले क्लवले सम्पुर्ण जिल्लावासी मात्र नभई छिमेकी जिल्ला वाग्लुङ्ग, पर्वत, स्याङ्गजा, पाल्पा, अर्घाखाँची, प्युठानवासीलाई आमन्त्रण गरेको छ ।

भार्सेबाट सुरु गरिएको प्याराग्लाईडिङ्ग उडानलाई क्रमिक रुपमा गुल्मीका अन्य अग्ला र ऐतिहाँसिक स्थानबाट पनि युथफर डेभलप्मेण्ट अफ नेपालले अगाडी बढाउने सोचमा रहेको बताईएको छ । बैशाख १ गते भार्सेली डाँडाबाट उडाईने प्यारा ग्लाईडिङ्गलाई गुल्मीका अन्य स्थानका वासीन्दाले पनि देख्न सक्ने बताईएको छ ।