२८ आश्विन २०८३, बुधबार

भारतीय चुनावमा तीस हजार करोड खर्च

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indian Curancyनयाँ दिल्ली । भारतमा जारी लोकसभा निर्वाचनका लागि सरोकारवाला आयोगले झन्डै ५ हजार करोड रुपैयाँ खर्च गरिरहेको छ । त्यहाँ पहिलोपटक सन् १९५२ मा भएको चुनावमा करिब साढे दस करोड रुपैयाँ मात्र खर्च भएको निर्वाचन आयोगको आधिकारिक तथ्यांकले देखाउँछ । त्यतिबेला पनि ३ सय ५० देखि ४ सय करोड रुपैयाँ लगानी भएको स्वतन्त्र विश्लेषकहरू बताउँछन् ।

दुई स्वतन्त्र अनुगमन संस्थाका अनुसार यो चुनावमा आयोग र सम्पूर्ण दलले गर्ने कुल खर्चको राशि ३० हजार करोड रुपैयाँ नाँघ्ने छ । सेन्टर फर मिडिया स्टडिज र एसोसिएसन फर डेमोक्रयाटिक रिर्फमसले यो अहिलेसम्मकै सबभन्दा महँगो प्रजातान्त्रिक अभ्यास हुने भनेको छ । अमेरिकी राष्ट्रपतीय निर्वाचनपछि यो विश्वको दोस्रो ठूलो खर्चिलो चुनाव पनि भएको छ ।

आयोगले सबभन्दा पहिले मतदान केन्द्रको प्रबन्ध, सरकारी कर्मचारी र सुरक्षाकर्मीको परिचालनमा रकम निकास गर्नुपर्छ । केही क्षेत्रमा अतिरिक्त सुरक्षा बलको तैनाथीको कारणले यो लगानी यस पटक ५ हजारदेखि ७ हजार करोड रुपैयाँसम्म पुग्ने सेन्टर फर मिडिया स्टडिजले भनेको छ । दोस्रो सबभन्दा ठूलो खर्च विभिन्न दलको विज्ञापन, प्रचार र उम्मेदवारमाथि हुने गर्छ । तेस्रो स्थानमा उम्मेदवारले आ-आफ्नो क्षेत्रमा गर्ने खर्च हुने गरेको छ । हुन त यसमा आयोगले नियन्त्रणको प्रयास पनि गर्छ । यसअनुरूप कुनै पनि उम्मेदवारले एउटा निर्वाचनमा ७० लाख रुपैयाँभन्दा बढी रकम खर्चिन पाउँदैन ।

‘भारतमा अहिले पनि भोट फर नोटको चलन छ, मतदातासम्म रकम पुर्‍याउनु वा उसको आवश्यक सामग्रीको पूर्ति गर्नु सामान्य भएको छ,’ स्टडिजका चेयरम्यान एन भाष्कर राव भन्छन्, ‘यसमा कालो धनको निकै प्रयोग हुन्छ ।’ चौथो सबभन्दा ठूलो खर्च मिडिया प्रयोजनका लागि हुन्छ । दलहरूले यसपटक टीभी च्यानल, पत्रपत्रिका र रेडियो स्टेसनमा प्रचारका लागि गत दुई निर्वाचनलाई जोडेर बरोबर खर्च गरेको छ ।

मिडियामा प्रचारका लागि हुने खर्चको लेखोजोखा कोहीसँग पनि नहुने एसोसिएसन फर डेमोक्रयाटिक रिर्फमसका प्रमुख अनिल बर्मा बताउँछन् । मिडियादेखि सोसल मिडियासम्म रकम लुटाइन्छ । निर्वाचन घोषणा हुनु दुई महिना अघिदेखि दलहरूले पत्रिकाको पूरा पृष्ठमा विज्ञापन दिन थालेका थिए । यस्तो एउटा विज्ञापनको मूल्य त्यहाँ २० लाख रुपैयाँसम्म हुने गर्छ । त्यहाँ ओपिनियन पोलमा मात्र १ सय २५ करोड रुपैयाँ खर्च भएको एक शोधमा पुष्टि भएको छ ।

निजी फाइदाका लागि कर्पोरेट वा ठूलो व्यापारिक समूहद्वारा आ-आफ्नो लाइनको दलमाथि खर्च गरिन्छ । यसमा निःसन्देह कंग्रेस र भाजपा प्रमुख प्राथमिकतामा पर्छन् । आचारसहिंता लागू हुनु अगावै यस पटकको निर्वाचनमा त्यस्ता पैसावाला समूहले १ हजार करोड खर्च गरिसकेका थिए । मुख्य टीभी च्यानलको पर्दामा हरेक क्षण भोट मागिरहेका भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी र सत्ताधारी कंग्रेसका युवा नेता राहुल गान्धीको विज्ञापनमा यिनीहरूले नै खर्च गर्छन् ।