भैरहवा, २९ चैत । नेपालमा जन्मदिन अर्थात बर्थ डे मनाउने चलन ब्यापक छ । बर्थ डे को अवसरमा महंगा होटल तथा रेष्टुरेन्टमा ठूला ठूला कार्यक्रम राख्ने र पार्टि राख्ने चलन पनि प्रतिसपर्धामा नै छ । बर्थ डे मा डिजे, डान्स पार्टि एवं हीविस्की र ब्रान्डी खाएर पाश्चात्य संस्कृर्तिमा मात्तिनेहरुको लर्को पनि औधी छ । तर भैरहवाका एक जना युवाले आफ्नो जन्म दिन संस्कृत भाषा साहित्यको रक्षार्थ खर्चिएका छन् ।
व्यवसायीक विमा कम्पनि लाईफ इन्सोरेन्स कम्पनिमा कार्यरत सिद्धार्थ नगर नगरपालिका वडा नम्बर ९ प्रभातपथका स्थायी बासिन्दा गोबिन्द प्रसाद गिरीले आफ्नो ३१ औं जन्म दिबसमा भैरहवा स्थित संस्कृत विद्याश्रमका बटुकहरुसंग बिताएका छन् । चैत्र २८ गते परेको उनको जन्मदिनको अवसरमा गिरीले शान्तिनगर स्थित विद्याश्रमका बटुहरुसंगै केक काटेर रमाइलोगरी मनाएका हुन् । गिरीको जन्मदिनको अवसरमा विद्याश्रम परिसरमा एक औपचारिक कार्यक्रम समेत आयोजना गरिएको थियो ।
गिरीको धर्मपत्नि श्रीमति उमा अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त जन्मदिन विशेष कार्यक्रममा बटुकहरुले स्वास्ती बाचन मार्फत गिरीलाई आर्शिबचन प्रदान गरेका थिए । कार्यक्रममा लुम्बिनीखबर सन्चारगृह प्रालिका अध्यक्ष प्रकाश पाण्डे, लुम्बिनीखबर पत्रिकाका सहसम्पादक कमल रायमाझी, संस्कृत विद्याश्रम व्यवस्थापन समितीका अध्यक्ष डिआर शर्माले शुभकामना मन्तब्य राख्दै गिरीले जन्मदिनको अवसरमा बटुकहरुको सहयोगार्थ गरेको कार्यक्रम उदाहरणीय र पहिलो भएको बताएका थिए । अध्यक्ष शर्माले गिरीले विद्याश्रमबाट गरेको शुरुवातले धेरैलाइ आकर्षण गर्ने जनाउदैं जन्मदिनमा हजारौं रुपैया खानपीनमा खर्चिनुभन्दा यस्ता सामाजिक कार्यमा लगानी गर्न उत्प्रेरणा प्रदान गर्ने बताए ।
विक्रम सम्बत २०४१ साल चैत्र २८ गते बुबा स्वर्गिय तनु गिरी र माता स्वर्गिय फतिदेबीको जेष्ठ सुपुत्रको रुपमा गुल्मीको धुर्कोट वाग्लामा जन्मिएका गिरीको जन्मदिवसमा उनका २ छोरी योजना र योग्यताका साथै भैरहवा बहुमुखी क्याम्पसका विद्यार्थि कल्याण प्रमुख केशब शर्मा बेलबासे, सामुहिक विद्यालय परिवार रुपन्देहीका निवर्तमान अध्यक्ष गोकुल पोखरेल, बल्ढेंगगढी क्षेत्र विकास समितीका उपाध्यक्ष रेशम रायमाझी , सचिब शेखर रास्कोटी, संस्कृत विद्याश्रमका प्राचार्य दिपेन्द्र झा, पुजा पाण्डे, कमला कुवंर, विजय गुप्ता, लुम्बिनी प्रेस क्लबका महासचिव नरेश के.सी लगायतको आतिथ्यता रहेको थियो ।
सोही अवसरमा गिरीले संस्कृत विद्याश्रमलाई ५ हजार १ सय नगद सहयोग गर्दै लुम्बिनीखबरको संगतले आफुलाई सामाजिक कार्यमा प्रेरणा मिलेको जनाएका थिए । गिरीले विगतमा साथीहरुसंग घरमै रमाइलो गरी बर्थ डे मनाउने गरेकोमा अहिलेदेखी खानपीन भन्दा सामाजिक कार्यमा थोरै भए पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।













प्रतिक्रिया