१६ कार्तिक २०८३, सोमबार

आगलागीबाट लाखौँको क्षति, दुई जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fire aagoम्याग्दी, २९ चैत । म्याग्दीको बाबियाचौर–५ लरेनीको जङ्गलमा आइतबार दिउँसो लागेको डढेलो बस्तीमा पस्दा तीन वटा घरगोठ जलेर लाखौँको क्षति हुनुका साथै दुई जना घाइते भएका छन् ।

आगोको लप्काले पोलेर बाबियाचौर–७ की ४ वर्षीया आयुस्मा किसान र ४५ वर्षीया सुनमती किसान घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेलाई उपचारका लागि बेनीस्थित जिल्ला अस्पतालमा लगिएको छ । आगलागीबाट तीन वटा घरगोठ पूर्णरुपमा जलेर ध्वस्त भएको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।

एक वटा घर र दुई वटा गोठ जल्दा रु सात लाख ५० हजार बराबरको धनमालको क्षति भएको हो । बाबियाचौर–७ का खम्बु विकको घरगोठ जल्दा सोभित्र रहेका अन्नपात तथा लत्ताकपडा समेत गरी रु पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

यसैगरी स्थानीय पार्वती दर्जीको गोठ जल्दा रु एक लाख र सोमलाल किसानको गोठ जलेर रु एक लाख ५० हजार बराबरको क्षति भएको छ । डढेलोले लरेनीमा खानेपानी आपूर्तिका लागि प्रयोग गरिएको तीन किलोमिटर पाइप जलेर नष्ट भएको छ ।

करिब २५ घरधुरीको बसोबास रहेको उक्त गाउँमा पाइप जलेपछि खानेपानी आपूर्ति बन्द भएको छ । सयाँै रोपनी जङ्गल उजाड हुनुका साथै वन्यजन्तु, पक्षीको वासस्थान, ससाना बिरुवा र जडीबुटी जलेर नष्ट भएको छ । आगो नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय दरवाङ, बाबियाचौर प्रहरी चौकीको सुरक्षाकर्मी टोली र स्थानीय बासिन्दा परिचालन भएका थिए । रासस