२९ आश्विन २०८३, बिहिबार

यी नायिकाले सडकमा ‘बर’ खोज्दा…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aranya-Pui-Pathumthong-640x400बैंकक । एकचालीस वर्षीया कुमारी थाई कलाकार महिलाले यौनसम्पर्कका लागि श्रीमान् खोजिरहेको भन्दै थाइल्यान्डको व्यस्त शहर बैंककमा एउटा ठूलो होर्डिङबोर्डमा विज्ञापन गरेकी छिन् ।

टीभी नायिका आरन्या पुई पाथुम्थोङले डेटिङ एजेन्सी तथा एप्सबाट पार्टनर खोज्न नसकेपछि यसरी सोझै ठूलो होर्डिङबोर्डसहित विज्ञापन गरेकी हुन् । आरन्या एक बी–ग्रेड चलचित्रकी नायिका हुन् ।

यस्तो साइनबोर्डप्रति आपत्ति जनाउँदै प्रहरीले उनको त्यो ठूलो विज्ञापनयुक्त बोर्ड हटाएको छ । साथै त्यसरी नायिकाको विज्ञापन गर्ने विज्ञापन एजेन्सीलाई पनि १० पाउन्ड बराबरको क्षतिपूर्तिको आदेश दिएको छ ।

प्रहरीले हामीले पनि ती महिलामाथि यसरी विज्ञापन गर्नुको मनसायको बारेमा बुझ्छौँ भनेका छन् । आरन्या भन्छिन्, ‘म ४० वर्षीया कुमारी युवती हुँ । मैले मेरालागि श्रीमान् खोजेकी छु । म मर्नुभन्दा अगाडि यो प्राप्त गर्न चाहन्छु ।’ एजेन्सी