१ कार्तिक २०८३, शनिबार

श्रीलङ्काले चीनसग गर्यो महत्वपूर्ण वार्ता, थप सम्बन्ध विस्तारमा जोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sri Lankan Prime Minister Ranil Wickremesinghe shakes hands with Chinese President Xi Jinping before a meeting at Great Hall of the People in Beijing

बेइजिङ, २८ चैत । श्रीलङ्का र चीनले थप सम्बन्ध विस्तारमा जोड दिएका छन् । उनीहरुले यी दुई देशबीचको सम्बन्ध आर्थिक मात्र नभएर धेरै पक्षमा एकरुपता भएकोले सो सम्बन्धमा जोड दिएका बताइएको छ ।

आफ्नो चारदिने औपचारिक भ्रमणको अन्तिम दिन आइतबार श्रीलङ्काली प्रधानमन्त्री रणिल विक्रमा सिंघेले सो विषयमा जोड दिनुभएको हो ।

सो भ्रमणका क्रममा चिनियाँ अधिकारीहरुसँग दुई देशबीचको सम्बन्धका विविध पक्षमा कुराकानी भएको र यस भ्रमणका क्रममा भएका आर्थिक विकास र विस्तारका एजेण्डाले आगामी दिनमा दुई देशको सम्बन्धलाई थप मजबुद बनाउने अपेक्षा गरिएको उहाँको भनाई थियो ।

उहाँले चिनियाँ समाचार समिति, सिन्ह्वालाई दिनुभएको अन्तरवार्तामा सो धारणा राख्नुभएको हो । उहाँले चीनसँग अरु विभिन्न आर्थिक समृद्धिका क्षेत्रहरुको लगानी खोज्न श्रीलङ्का तयार रहेको पनि सो अन्तरवार्तामा बताउनुुभएको छ ।

श्रीलङ्काली प्रधानमन्त्रीका रुपमा यो उहाँको पहिलो भ्रमण हो । उहाँ गत वर्षको अगष्टमा सम्पन्न भएको आमनिर्वाचनपछि प्रधानमन्त्री हुनुभएको हो ।  उहाँले सो अन्तरवार्तामा भन्नुभयो, ‘यो मेरो सातौँ पटकको चीन भ्रमण हो । म सन् १९७९ देखि नै पटक/पटक चीनको भ्रमणमा आएको थिए’ँ ।

चीनको २१ औँ शताब्दिकै एक महत्वपूर्ण र महत्वाकांक्षी आयोजनाका रुपमा अघि सारेको सिल्क रोडको एक सहयोगी राष्ट्रका रुपमा श्रीलङ्काले आर्थिक विकासका क्षेत्रमा चीनको अपेक्षा गरेको छ ।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री विक्रमा सिंघेले चिनियाँ पर्यटकको आकर्षणका लागि पूर्वाधारको विकासका क्षेत्रमा जोड दिनुभएको थियो ।

उहाँले श्रीलङ्कामा बढी भन्दा बढी चिनियाँ पर्यटक एवम् चिनियाँ लगानीकर्ताहरुलाई श्रीलङ्कामा भित्र्याउने विषयमा वार्ता गरेको जानकारी दिनुभयो । रासस/सिन्ह्वा