कीभ (युक्रेन), २८ चैत । युक्रेनका प्रधानमन्त्री आत्सेनिय यात्सेन्युकले आइतबारको टेलिभिजन सम्बोधनमा आफूले प्रधानमन्त्रीका रूपमा राजीनामा दिने निर्णय लिएको बताउनुभएको छ ।
यात्सेत्युकले आफूमाथि लगाइएको अविश्वासको मतमा बहुमत सांसदको सहयोग पाई प्रधानमन्त्रीका रुपमा कार्यरत यात्सेन्युकले विश्वासको मत पाएको दुई महिनापछि राजीनामा दिने निर्णय लिनुभएको छ ।
म युक्रेनी प्रधानमन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु, युक्रेनी टेलिभिजन च्यानलमा भनेको शब्दलाई उद्धृत गर्दै इन्टरफ्याक्स न्युज एजेन्सीले बताएको छ । रासस/एएफपी
















प्रतिक्रिया