इटहरी, २८ चैत । धरानको विकासमा निरन्तर टेवा पुर्याएको भन्दै नेपाली काँग्रेस १ नं क्षेत्रीय समितिले नेका केन्द्रीय सदस्य डा शेखर कोइरालालाई आज सम्मान गरेको छ ।
सम्मान ग्रहण गर्दै उहाँले न्यायलयमाथि हस्तक्षेप गरी सत्ता कब्जातिर उन्मुख भएकाले वर्तमान सरकार आफैँ ढल्ने बताउनुभयो ।
फरक प्रसङ्गमा उहाँले विशेषगरी धर्म निरपेक्षताको विषयमा काँग्रेसकै केही नेताले बेलाबखत टीकाटिप्पणी गर्ने गरेको उल्लेख गर्नुभयो ।
नेता कोइरालाले सङ्घीयता, लोकतन्त्र, गणतन्त्र, धर्म निरपेक्षता र समानुपातिक समावेशीता काँग्रेसकै नेतृत्वमा संविधानमा लिपिबद्ध भएको र यसलाई संस्थागत गर्ने मुख्य दायित्व पनि काँग्रेसकै भएकाले यसबाट आफ्नो पार्टी पछि हट्न नसक्ने बताउनभुयो । रासस













प्रतिक्रिया