विजय थापा
भर्जिनिया । गत शनिबार जुलाई २६ तारिख अमेरिकाको डिसी महानगर क्षेत्रमा प्रतिभाशाली नेपाली समूह द्वारा स्थापना भै संचालनमा आएको सामाजिक संजाल सगुन अमेरिका हुँदै एसियामा प्रवेश गरेको छ ।
गत शनिबार भारतको राजधानी दिल्लीको ह्यात रेजिड़ेंसीमा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत आफ्नो सामाजिक संजालको शुभारम्भ गरेको बताइएको छ ।
उक्त समुद्घाटन कार्यक्रममा सगुन सामाजिक संजालकी सद्भावना दुत तथा प्रमुख अतिथि बलिवुडकी कलाकार मनिषा कोइरालाले पत्रकारहरुको सवालको जवाफ दिनुभएको थियो ।
उक्त सवाल जवाफमा सगुन मार्फत आफना परिवार र साथीभाइ संग संचारको आदान प्रदान गरेको जानकारी गराउनु भयो ।
सामाजिक संजाल सगुनका संस्थापक गोविन्द गिरिले आफ्ना संजाल प्रयोग कर्ताहरुले राम्रोसंग प्रयोग गर्न थालेको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँ तीन हप्ता भित्र करिब पैसट्ठी हजार प्रयोग कर्ता भएको जानकारी गराउनु भयो ।
‘एक जना प्रयोग कर्ताले सुरु गरेको नेपाली सामाजिक संजाल हाल आएर यति ठुलो प्रयोग गर्नु हाम्रो लागि खुसीको कुरा हो,’ उहाँले भन्नुभयो, ‘हाम्रो योजना भनेको एक दिन विश्वभरी पुर्याउने हो ।’ उहाँले अस्ट्रेलिया ,अफ्रिका र युरोप समेतमा यसको शुभारम्भ गर्ने बताउनुभयो ।














प्रतिक्रिया