– सुदीप अधिकारी
बर्दिया, २८ चैत । बर्दिया जिल्लालाई आइतबार साक्षर जिल्ला घोषणा गरिएको छ ।
“सर्वाङ्गीण विकासको आधारशिला, हाम्रो साक्षर बर्दिया जिल्ला” भन्ने मुल नारा सहित भव्य समारोहका बिच शिक्षा मन्त्री गिरीराजमणी पोख्रेलले बर्दिया जिल्लालाई साक्षर जिल्ला घोषणा गरेका हुन् ।
बर्दियाका १६ देखि ६० वर्ष उमेर पुगेका ९६ दशमलव ४१ प्रतिशत स्थानिय वासिन्दा साक्षर भएको तथ्याङ्कका आधारमा बर्दियालाई साक्षर जिल्ला घोषणा गरिएको जिल्ला शिक्षा अधिकारी जीत बहादुर शाहले बताए ।
कुल ४ लाख ६७ हजार ६ सय ८२ जनसंख्या रहेको बर्दियामा सर्वेक्षणका क्रममा १६ वर्ष देखि ६० वर्ष उमेर समुहका ३ लाख ३५ हजार ९ सय १६ जना मध्ये ३ लाख २३ हजार ८ सय ५८ जना साक्षर भएको शिक्षा कार्यालयको तथ्याङ्क छ । १६ वर्ष देखि ६० वर्ष उमेरका १२ हजार४ सय ३७ जना अभैm निरक्षर रहको बताइएको छ ।
१८ गाविस र ५ नगरपालिका रहेको बर्दियालाई दुई वर्ष अघिदेखि साक्षर गाविस र साक्षर नगरपालिका घोषणा अभियान थालिएको थियो । २०७२ चैत्र भित्र साक्षर जिल्ला घोषणा गर्ने अभियान स्वरुप जिल्लालाई साक्षर घोषणा गरीएको हो । बाँकी रहेका १२ हजार ५८ निरक्षर लाई एक वर्ष भित्रमा साक्षर बनाईने लक्ष्य रहेको जिल्ला शिक्षा अधिकारी जीत बहादुर शाहले बताएका छन् ।













प्रतिक्रिया