
एजेन्सी । अनलाइनखबर डटकमका फोटो पत्रकार कविन अधिकारीमाथि प्रहरीले कुटपिट गरेको घटनाप्रति अनलाइन पत्रकार संघले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
आइतबार अपराह्न संघका अध्यक्ष प्रवेश सुवेदीले एक विज्ञप्ति जारी गरी घटनाको निन्दा गर्दै दोषीलाई कारवाही माग गरेका छन् ।
आइतबार विहान सिंहदरबारमा फोटो खिचिरहेका पत्रकार अधिकारीमाथि प्रहरीले कुटपिट गर्दै क्यामेरा समेत खोसेको थियो । अधिकारीको अहिले मोडेल अस्पतालमा उपचार भइरहेको छ ।
‘कार्यक्षेत्रमा खटिएका पत्रकारमाथि मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारमै प्रहरीले गरेको यस्तो हर्कतको हामी घोर निन्दा गर्दै घटनाको छानविन गरी दोषीमाथि तत्काल कारवाही गर्न सरकारसँग माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।












प्रतिक्रिया