काठमाडौं, २८ चैत । राजधानीमा सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–१५ बाफल स्थित ना.१ ख २६५० नम्बरको ग्रेडरको ठक्करबाट शनिबार गम्भीर घाइते भएकी पैदलयात्री काभ्रेकी २२ वर्षीय मन्जु क्षेत्रीको मनमोहन मेमोरियल अस्पताल स्वयम्भुमा उपचार पश्चात् थप उपचारको लागि वीर अस्पताल लगिएकोमा उपचार क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
यसैगरी झापाको पाँचगाछी–४ स्थित सडकमा को.९ प ९६५० नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ८५ वर्षीय पैदलयात्री अनसरी ताजपुरियाको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा शनिबार मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक शिवसतासी–१ बस्ने ३२ वर्षीय रमेश मैनालीको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।













प्रतिक्रिया