वीरगन्ज, २८ चैत । गाई चराउन जङ्गल पसेकी निर्मलबस्तीकी ममता स्याङ्बो बाघको आक्रमणमा परेर सख्त घाइते भएकी छन् ।
पर्सा निर्मलबस्ती–६ की १७ वर्षीया स्याङ्गबोलाई जङ्गलमा गाई चराउन पसेका बेला शनिबार साँझ बाघले आक्रमण गरेर सख्त घाइते बनाएको थियो । उनको उपचार नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा भइरहेको छ । आक्रमणबाट उनको खुट्टा र कम्मरमा गम्भीर घाउ लागेको अस्पतालले जनाएको छ । रासस













प्रतिक्रिया