१ कार्तिक २०८३, शनिबार

केरलाको मन्दिरमा भीषण आगलागी, कम्तीमा ९० जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puttingal-temple

काठमाडौं, २८ चैत । भारतको केरलास्थित एक मन्दिरमा आगलागी हुँदा कम्तिमा ९० जनाको ज्यान गएको समाचार प्राप्त भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार घटनामा २ सय भन्दा बढी घाइते भएका छन् । केरलाको पुत्तिङ्गलको मन्दिरमा उत्सव चलिरहेको समयमा पटका पड्काउने क्रममा आगो लागेको समाचारमा जनाइएको छ ।

नवरात्रको समयमा आयोजित उत्सवमा जम्मा भएका मानिसहरु आगलागीको चपेटामा परेका थिए । भारतीय बायुसेना समेत उद्दारमा खटिएको छ ।
शुक्रबार राति ११ बजेर ४५ मिनेट जाँदा शुरु भएको पटाका पट्काउने क्रम बिहान सम्म चलेको थियो । पटाका पट्काउने क्रममा आगो लागेको बताइएको छ ।

केरलाका मुख्यमन्त्री ओमान चाण्डीले घटनाको पूर्ण न्यायिक जाँचको आदेश दिँदै पीडितहरुलाई राहत दिने घोषणा गरेका छन् ।