१ कार्तिक २०८३, आइतबार

एसएलसी परीक्षा दिएका विद्यार्थीलाई टेलिकमको विशेष अफर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SLC-Student-NTc-offerकाठमाडौं, २८ चैत । प्रवेशिका परीक्षा (एसएलसी) दिएका विद्यार्थीहरुलाई लक्षित गर्दै नेपाल टेलिकमले विशेष योजना ल्याएको छ ।

आइतबारदेखि लागु भएको योजनाअन्तर्गत विद्यार्थीले टेलिकमको ९० रुपैयाँमा जीएसएम प्रिपेड सिम कार्ड किन्न पाउनेछन् । जसमा प्रतिमहिना ५० एमबी डाटा ६ महिनासम्म निःशुल्क प्रयोग गर्न पाउने जनाइएको छ ।

यसका लागि एसएलसी परीक्षाको प्रवेश पत्र (एडमिट कार्ड), विद्यार्थी वा अभिभावकको नागरिकता र विद्यार्थीको फोटो अनिवार्य उपलव्ध गराउनुपर्ने टेलिकमले आफ्नो सूचनामार्फत भनेको छ ।