१ कार्तिक २०८३, शनिबार

क्यामरूनद्वारा अपतटीय कम्पनीमा सन् २०१० पूर्व लगानी भएको स्वीकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

David Cameronलन्डन (बेलायत), २८ चैत । बेलायती प्रधानमन्त्री ड्भिड क्यामरुनले शनिबार अन्तत दिवगङ्गत आफ्ना पिताको नाममा भएको अपतटीय कम्पनीमा हालेको सेयरबाट राम्रो आम्दानी गरेको स्वीकार गर्नुभएको छ ।

यद्यपि आफ्नो हिस्साको पिताको नामबाट आर्जन गरेको उक्त सेयर सन्
२०१० मा आफू प्रधानमन्त्री हुनुभन्दा करिब पाँच महिना पहिले बेचेको उहाँले बताउनुभएको छ ।

पानामास्थित एक कानुनी फर्मले गोपनीय दस्तावेजको कारोबारसम्बन्धी सूचना अन्तर्राष्ट्रिय पत्रपत्रिकामा आएको पाँच दिनपछि मात्र उक्त स्वीकारोक्ति दिनुभएको छ ।

प्रतिवेदनमा प्रधानमन्त्रीका दिवङ्गत पिता इयान कैमरुनले ‘ब्लेयरमोर होल्डिङ’ नामक एक कम्पनी अपतटीय क्षेत्रमा सञ्चालन गरेको दाबी छ ।

यसबाट आर्जन गरेको नाफा डेभिड क्यामरुनले आफ्ना पिताको सन् २०१० मा भएको निधनपछि बेचेको स्वीकार बेलायती प्रधानमन्त्रीले ढिलो गरी स्वीकार गर्नुभएको छ ।

कम्पनी बेचेबापत आफूले ३१ हजार ५०० पाउन्ड लिएको क्यामरुनले शुक्रबार राति बताउनुभएको हो ।

यसअघि बेलायती डाउनिङ स्ट्रिटले चार अपुष्ट तथा क्यामरुनले अवैध सम्पत्ति आर्जन नगरेको भन्दै पटकपटक स्पष्टीकरण दिएको थियो ।

क्यामरुनले वर्तमान समयमा कम्पनीमा कुनै सेयर नभएको पनि शुक्रबारको कुराकानीमा आईटीभी न्युजलाई बताउनुभयो । एएफपी