काठमाडौं, २८ चैत । एस.ए.बी. पब्लिक स्कुल घट्टेकुलोले शैक्षिक सत्र २०७२ को वार्षिक नतिजा प्रकाशन तथा वितरण गरेको छ ।
शनिबार विद्यालय प्राङ्गण घट्टेकुलोमा आयोजित विशेष कार्यक्रममा सूर्योदय, आनन्दभूमि र ब्ल्यू स्काईमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको हो ।
तीनओटै विद्यालयका कक्षा नर्सरीदेखि १० सम्मका विद्यार्थी र शिक्षक तथा कर्मचारीहरूलाई समेत सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा लामो समयदेखि कार्यरत शिक्षक र शिक्षिका तथा कर्मचारीहरू क्रमशः उत्तम दुलाल, विना के.सी., लक्ष्मी ढकाल र विनिता शाहीलाई पनि सम्मानित गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
प्याव्सनका अध्यक्ष एवम् एस.ए.बी. पब्लिक स्कुलका कार्यकारी अध्यक्ष लक्ष्यबहादुर के.सी.ले एकताले मजबुती खोज्दै परिवर्तनको बाहक बन्न सक्ने आधारशीला निर्माणका लागि आफूहरूले तीन विद्यालयलाई एक ठाउँमा ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गुणस्तरीय शिक्षाका लागि हामी तीन विद्यालय एक भएका हौँ ।’












प्रतिक्रिया