२९ आश्विन २०८३, बिहिबार

भारतसँग गर्ने सन्धि–सम्झौतामा खुट्टा कमाउँनु हुँदैनः यादव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

upendra_yadav

काठमाडौँ, १६ साउन । मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा गर्ने सन्धि–सम्झौतामा खुट्टा नकमाउन सरकारलाई सुझाव दिनुभएको छ ।

पुर्व परराष्ट्रमन्त्री समेत रहनु भएका यादवले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै आर्थिक विकासका लागि गरिने सम्झौता पारस्परिक लाभमा केन्द्रित हुनुपर्ने बताउनु भयो । राष्ट्रहितमा गरिने सम्झौतामा खुट्टा कमाउनु नहुने उहाँको तर्क थियो ।

कार्यक्रममा परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले भारतसँग जलस्रोतबाहेक व्यापार घाटा, खुल्ला सीमामा हुने समस्या समाधान गर्नेतर्फ सरकारले गृहकार्य गरिरहेको बताउनु भयो ।