– नरेश केसी
भैरहवा, २७ चैत । ग्राहकले समान खरिद गरिसकेपछि बिलबिजक नदिने व्यापारीलाई आन्तरिक राजस्व कार्यालय भैरहवाले कारबाही थालेको छ ।
बिल माग्दा सामान फिर्ता माग्छन् व्यापारी भन्ने शिर्षकको समाचार दैनिक नेपालमा केही दिनअघि प्रकाशित भएपछि आन्तरिक राजस्व कार्यलय भैरहवाको कर अधिकृतको एक टोलीले समाचारमा उल्लेख भएका ग्राहक ठग्ने पसलहरु भैरहवास्थित प्रहरी टोलको न्यू सस्तो बजार, नारायणस्थानको सुन्दर हार्डवेयर र मैत्रीपथको तिरथको दोकानमा पुगी आवश्यक कारबाही थालेको आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख महाराजा कोइरालाले जानकारी दिए ।
सुन्दर हार्डवेयरबाट आवश्यक छानबिनको लागि खातापाता नियन्त्रणमा लिइएको र न्यु सस्तो बजारलाई पहिलोपटकको लागि नैसिहीयत दिइएको कर प्रमुख कोइरालाले जनाए ।
ती पसलहरु मध्ये न्यु सस्तो पसलले ग्राहकलाई सादा बिल दिने गरेको समाचार प्रमाण सहित समाचारमा आएको थियो ।















प्रतिक्रिया